पढ्न करिब 2 मिनेट लाग्छ

काठमाडौं | भारतको बिहारस्थित बक्सर क्षेत्रमा एक युवाले आफ्नै पत्नीको हत्या गर्नका लागि आफ्नो कार्यालयमा बिदा आवेदन पेस गरेका छन् । बैंकमा प्रबन्धकको रुपमा काम गर्ने एकजना पुरुषले पटक पटक विदा माग गर्दा समेत व्यवस्थापनले विदा नदिएपछि विदा माग्ने नयाँ तरिका अपनाएक हुन् । उनले आफ्नी पत्नीको हत्या गर्न भन्दै विदा आवेदन पेश गरे । उनले उक्त निवेदन कार्यालय प्रमुखलाई मात्र नभई भातरका प्रधानमन्त्री, राष्ट्रपति तथा मानव अधिकार आयोग सम्मलाई पठाएका छन् ।

दक्षिण बिहार ग्रामीण बैंकको बकसडा ग्रामीण शाखाका प्रबन्धक मुन्ना प्रसाद सायद दुनियाका पहिलो व्यक्ति बनेका छन् जसले श्रीमतीको हत्या गर्न भन्दै विदा माग गरेका छन् ।

तर उनले कुनै लहडबाजी वा बेहोसीमा त्यस्तो गरेका चाहीँ होइनन् । उनकी पत्नी मृगौला रोगबाट ग्रसित छिन् । पत्नीको उपचारका लागि अस्पताल जानुपर्ने भन्दै उनले बैंकको मुख्यालयमा पटक पटक विदाको लागि निवेदन दिए । तर उनको विदाको निवेदन स्विकृत भएन । उपचारका लागि होइन दाहसंस्कारका लागि मात्र विदा दिन सकिने रुखो जवाफ उनले पाए ।

त्यसपछि उनी डिप्रेसनमा गए । उनले आफ्नी विरामी पत्नीको हत्या गर्नका लागि विदा पाउँ भन्ने व्यहोराको पत्र बैंकको प्रधान कार्यालय पटनामा पठाए र त्यसको एक एक प्रति राष्ट्रपति, प्रधानमन्त्ती, मानव अधिकार आयोग तथा मुख्यमन्त्रीलाई पनि पठाए ।

जब मुन्ना प्रसादले लेखेको आवेदन राष्ट्रपति सम्मै पुगेको खबर आयो तब त्यसले ठूलै भुइँचालो ल्यायो । बैंकको मुख्यालयले तत्कालै उनको विदाको आवेदन स्विकार गर्यो ।

गत १९ जनवरीमा लेखेको आफ्नो विदाको निवेदनमा मुन्ना प्रसादले लेखेका छन्, ‘मलाई आफ्नी पत्नीको हत्या गरी उसको दाह संस्कार गर्नका लागि केवल दुई दिनको विदा दिइयोस् ।’

उनले आफ्नी पत्नी मृगौला रोगबाट पीडित रहेको र हप्तामा दुईपटक डाइलाइसिस गराउनु पर्ने भन्दै बैंकका क्षेत्रिय अधिकारीले आफ्नो फोन रिसिभ ने नगर्ने र पत्नीको स्वास्थ्य दिन प्रतिदिन बिग्रिँदै गएको व्यहोरा निवेदनमा लेखेका थिए । साथै उनले एकजना महिला हाकिमले उल्टै उपचारका लागि होइन दाह संस्कारका लागि मात्र विदा मिल्ने जवाफ फर्काएको भन्दै लेखेका छन्, ‘हजूरसँग प्रार्थना छ कि मलाई केवल २ दिनको विशेष विदा दिने कृपा गर्नुहोस् ता कि मैले आफ्नी पत्नीको हत्या गर्न सकूँ र दाह संस्कार गर्न सकूँ किनकी दिनदिनै घिटघिटाएर मरेको मलाई सह्य भएन ।’

एजेन्सी