2026-10-23 05:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२७ बर्षिय व्यक्तिद्वारा आफ्नै आमा-बुबामाथि मुद्धा, भन्छन्- जन्म दिनुअघि मलाई किन सोधिएन ?

माघ २४, एजेन्सीको सहयोगमा | भारतको मुम्बईमा बस्दै आएका २७ बर्षका यी व्यक्तिले यस्तो गरे कि जसको चर्चा संसारभरीनै भईरहेको छ । यी व्यक्तिले आफ्नो आमा-बुबालाई आफुलाई जन्माएको विरुद्ध मुद्धा हाल्न चाहन्छन | उनलाई रिस छ कि जन्माउनु अघि उनलाई किन सोधिएन ? 

उनको नाम हो , रफेल सेमुअल । उनले आफूलाई जन्माउने आमा-बुबालाई जन्म दिनु अघि नसोधिएको भन्दै आफ्नो परिवारलाई अदालत लाँदैछन् । संचार माध्यमहरुलाई दिएको अन्तर्वार्तामा स्यामुअलले भने कि उनि आफ्नो आमा-बुबासँग निकै मायाँ गर्छन तर उनको आमा-बुबाले उनको अनुमति बिनानै उनलाई जन्म दिएका हुन्, सिर्फ आफ्नै कारणले । उनले भने कि, म यस भारतका सबै बच्चासँग भन्न चाहन्छु कि म आफ्नो परिवारहरुलाई केहि दिन चाहन्न । ‘म उनीहरुसँग निकै प्रेम गर्छु र हाम्रो नाता निकै राम्रो छ, तर उनीहरुले मलाई आफ्नो खुशी र सम्मानको लागि आफूसँग राखेका छन् । मेरी जिंदगी निकै राम्रो छ, तर मैले कहिलै यो देखिन कि किन म आफ्नो जीवनमा एक अर्को जीवन जिउने कोशिस गरूँ ? 

राफेल स्यामुअलले एक Nihilanand (निहिलानन्द) नामबाट फेसबुक पेज पनि चलाउँछन र उनि एक यूट्यूब च्यानलमा पनि आफ्नो विचार शेयर गर्छन् । स्यामुअल भन्छन कि सबै युवाहरुलाई थाहा हुनुपर्छ कि कि बच्चा नजन्माउन सबैले आफ्नो आमा-बुबासँग सोध्नुपर्छ कि उनिहरुले आफूलाई यस संसारमा किन ल्याए ? बच्चाहरुले ठूलालाई सम्मान गर्नुपर्छ भन्ने कुरा नितान्त गलत रहेको उनको टिप्पणी छ । 

उनले एउटा भिडियोमा भनेका छन् – मानिसको कामलाई हेरेर सम्मान गर्नुपर्छ । जुन आमा-बुबाले बच्चा जन्माएर त्यसलाई आफ्नो बसमा पारेर जे उनीहरुले चाह्यो त्यसैमा बलजफ्ती गराउने, उनीहरुले डाक्टर बनाउन चाहे जबर्जस्ति त्यहि बनिदिनुपर्ने, त्यहि बिषय पढिदिनुपर्ने कुरा गलत रहेको उनको भनाई छ । उनि भन्छन् आमाबुबालाई आदार गर्ने, मायाँ गर्ने पनि कारण चाहिन्छ, यदी आफ्नो आमा बुबाले आफुलाई स्वतन्त्र छाडिएका छन्, जे बच्चाले चाहेको त्यसलाई निस्वार्थ पुरा गरिदिएका छन् भने मात्र त्यस्ता आमा-बुबालाई सम्मान गर्न सकिन्छ । जसले तिमीलाई स्वतन्त्रता दिएको छ, जसले तिम्रो काममा सपोर्ट गरेको छ, जुन अभिवावले तिमीलाई संधै आफ्नो फुर्सदको समयमा ध्यान दिएको छ, त्यस्ता अभिवावकलाई मात्र सम्मान गर्न सकिने उनको सुझाव छ  । 

बच्चा जन्माएर बच्चाले चाहेको स्वतन्त्र भविष्य नदिने वा बाबु-आमाकै चाहना अनुसार चल्नुपर्ने बाध्यता पनि रहने हुँदा त्यस्ता खराव आमाबुबा प्रति उनि लक्षित भएका हुन सक्छन । उनको परिवारमा  पनि यस्तै खालको बिषय लुकेर रहेको हुनसक्ने मानिसहरुको टिप्पणी छ । कतिपयले भने उनको मानसिक सन्तुलन गुमेको भन्दै टिप्पणी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने