2026-10-23 05:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिलाहरुको दिमाग पुरुषभन्दा किन चल्छ तेज ? रिसर्चले गर्यो यस्तो खुलाशा

एजेन्सी | महिलाहरुको मस्तिष्क उनको पुरुषको तुलनामा तीन बर्ष अगाडी हुन्छ | यसको मतलव पुरुषले १६ बर्षको उमेरमा सोच्ने कुरा महिलाले १३ बर्षमै सोच्न सक्छन् | यसै कारणले महिलाहरुको दिमाग लामो समय सम्म तेज चल्छ | वैज्ञानिकहरुले एक अनुसन्धानमा यस कुराको दावी समेत गरेका छन् | उक्त रिसर्चका एक सदस्य बैज्ञानिक मनु गोयलले पुरुष भन्दा महिलाको दिमाग तेज चल्नुको कारण बारे फेरी अनुसन्धान भईरहेको छ | उनले भनेका छन् ‘किन यस्तो हुन्छ अनुसन्धानको बिषय बनेको छ |’ 

उनले भने कि मस्तिष्कको चलायमान सम्बन्धि क्रियाकालापले महिलाहरु र पुरुषहरुको दिमागी शक्ति निर्भर हुन्छ | माथिको अध्ययन ‘‘प्रोसीडिग्स अफ नेशनल एकेडमी अफ साइन्सेज” जर्नलमा प्रकाशित भएको छ | दिमाग त्यस्तो कुरा हो जसको दिमाग धेरै चलायमान रहन्छ उसैले धेरै कुरा लिन सक्छ | व्यावहारिक रुपमै महिलाहरु पुरुष भन्दा बढी कुरा सोच्छन् | महिलाहरु पुरुषको तुलनामा बढी बोल्छन भन्ने चर्चा पनि पुरानै कुरा हो | महिलाहरुको पेटमा कुरा अट्दैन भन्नु पनि यसैको संकेत हो, उनीहरु आफ्नो मनमा भएको कुरालाई छटपटीको कारण को-सँग पोखौं भन्नेमा केन्द्रित हुन्छन् | पुरुषको तुलनामा महिलाहरु धेरै जिज्ञाशु हुने कुरा पनि बैज्ञानिकहरुले दिमागी कुराकै प्रभाव मान्छन् | 

अनुसंधानकर्ताहरुले २०५ मानिसमा गरेको अध्ययनमा के पत्ता लगाए भने उनीहरुको मस्तिष्क ग्रन्थी कुन तरिकाले प्रयोग हुन्छन् | यस अध्ययनमा २० देखि ८४ वर्षका १२१ महिलाहरु र ८४ जना पुरुष सहभागी भएका थिए | उनिहौर्को मस्तिष्कमा ग्लूकोज र अक्सीजनको प्रवाहलाइ मापन गर्न पीईटी स्क्यान गरियो |

त्यसपछि उनीहरुले उमेर र मस्तिष्कको क्रियाहरु बीचको सम्बन्ध पत्ता लगाउनको लागि एक मेशीनमा पुरुषको उमेर र मस्तिष्क क्रियाको डाटा निकाले | अनुसंधानकर्ताहरुले महिलाहरुको मस्तिष्कको रसायनिक प्रतिक्रियाको डाटालाई मेशीनमा हाले र आंकडामार्फत महिलाहरुको दिमागको उमेरको गणना गरे | यसले महिलाहरुको वास्तविक उमेर भन्दा उनीहरुको दिमागको आयु ३.८ बर्ष तेज हुने कुरा निकाले | 

यसै तरिकाले पुरुषको दिमागको आयु निकालियो, तर पुरुषहरुको दिमाग आफ्नो वास्तविक उमेरभन्दा २.४ बर्ष बढी मात्र निस्कियो | 

त्यसो त यो अनुसन्धान अघि पनि धेरै यस्ता बिषयमा बहश नचलेका होइन | सामाजिक, मनोबैज्ञानिक, आर्थिक र व्यवहारिक पक्ष अनुसार पनि महिला र पुरुषको सोच्ने बिषयहरु भिन्न-भिन्न हुने गर्छन् | तुलनात्मक कुरा गर्ने हो भने एक समाज र अर्को समाजकै मानिसहरुमा दिमागी भिन्नता देखिन्छ | पुरुषहरुले यौनको बिषयमा बढी कुरा दिमागमा राख्छन भने महिलाहरु खाने कुरा र  आफ्नो देखावटि बिषयमा बढी ध्यान दिन्छन् | यो बिषय व्यावहारिक प्रभाव हुन सक्छ | किनभने तुलनात्मक रुपमा सुन्दर बन्ने होड जति धेरै नेपाली महिलाहरुमा हुन्छ त्यति अमेरिकी महिलामा नहुन सक्छ | त्यसो त अमेरिकी महिलाहरु जति प्रोफेसनल हुन्छन त्यति नै नेपालका महिला सामान्य जनजीवनमा रहेका छन् | त्यसैले पनि दिमाग कस्तो कस्तो तेज भन्ने कुरा अनुसन्धान गर्न निकै जटिल बिषय हुन्छ | त्यसैले पनि बैज्ञानिकहरुले नमुनाको रुपमा धेरैलाई छानेर यस्ता बिषयको अनुसन्धान गर्छन् | यसमा पनि उमेर समुह, सामाजिक परिवेश र बिभिन्न बिषयले प्रभाव पार्छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने