Skip to content
Friday, July 17, 2026 Nepali Online Media

एक नव दम्पती जसले बिहे पहिरनमै विश्वका ३३ देश घुमेर हनिमुन मनाए !

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौं | अमेरिकाका एक नव दम्पतीले विश्वका बिभिन्न ३३ देश घुमेर हनिमुन मनाएका छन् । अमेरिकाको न्युजर्सीमा बस्ने निक अस्ट र उनकी पत्नी जोको हनिमुन सायद विश्वकै पहिलो यस्तो हनिमुन होला जो बिहे पहिरनमै विभिन्न ३३ वटा देश घुमेर मनाए ।

निक र जोले हाइस्कुलमै पढ्दा एकअर्कालाई माया गरेका थिए र भविष्यमा बिहे गर्ने योजना बनाएका थिए । बिहे मात्र होइन, बिहेपछि भव्य हनिमुन मनाउनका लागि उनीहरुले त्यतिबेलादेखि नै पैसा जम्मा गर्न थालेका थिए ।

सन् २०१६ मा उनीहरुको इनगेजमेन्ट भयो र डिसेम्बर २०१७ मा बिहे भयो । त्यसपछि सन् २०१८ को जनवरीमा उनीहरु हनिमुनका लागि विश्व भ्रमणमा निस्किए । उनीहरुले विभिन्न ३३ वटा देशमा बिहे पहिरनमै भ्रमण गरी हनिमुन मनाए । थाइल्याण्डबाट यात्रा सुरुवात गरेको त्यो जोडी नेपाल आएर सगरमाथाको आधार शिविरसम्म पनि पुग्यो ।

इन्स्टाग्राममा उनीहरुले सगरमाथा आधार शिविरको फोटो राखेका छन् र यहाँको अनुभव वर्णन गरेर नसकिने उल्लेख गरेका छन् । उनीहरुले लेखेका छन्, ‘हामीले माउन्ट एभरेष्ट र आसपासका हिमाललाई नजिकबाट हेर्न काठमाडौंबाट कालापत्थरसम्म हेलिकोप्टर लगेर गयौं । भलै यो क्षण विशेष रुपमा पाँच मिनेटसम्म मात्र थियो, हामीलाई सास फेर्न पनि गाह्रो भएको थियो -२० हजार फिटको उचाइको कारण) ।यो अरु जस्तो थिएन । नजिकबाट सगरमाथा हेर्दाको अनुभव वर्णन गरेर सकिँदैन ।’

उनीहरु स्पेनको बार्सिलोना, दुबई, इटाली, फ्रान्स, टर्की, इण्डोनेसिया, जापान, गि्रस, न्युजिल्याण्ड, अस्ट्रेलिया, अस्टि्रया, सर्बिया, दक्षिण अफि्रका, इजरायल, सिंगापुर, इजिप्ट, श्रीलंका, भारत, स्विटजरल्याण्ड लगायतका देशमा पनि पुगे ।

आफूहरुको सम्बन्ध विशेष रहेको र जीवनमा केवल एकपटक मात्र बिहेको पहिरन लगाउनु पर्याप्त नभएको भन्दै उनीहरु पूरै १० महिनासम्म विश्व भ्रमण गरे बिहे पहिरनमै ।

त्यो जोडी अहिले अमेरिका फर्किसकेको छ । उनीहरु न्युजर्सीबाट न्युयोर्कको ब्रुकलिनमा सरेका छन् । आफ्नो यात्रालाई भविष्यमा पनि निरन्तरता दिने सोच रहेको उनीहरु बताउँछन् ।

एजेन्सी