2026-06-24 07:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुमालले घाँटीमा बाँधेर ९ सयको हत्या गरि विश्व कीर्तिमान राख्ने ती व्यक्ति !

2019-02-19

काठमाडौं | वर्षौंअघिका एक भारतीय सिरियल किलर, जसले हत्याको विश्व कीर्तिमान नै कायम गरेका थिए ।

ठग बेहराम नामका सिरियल किलरलाई किंग अफ ठगका नामले परिचित थिए । सन् १७९० देखि १८४० को बीचमा निकै कुख्यात रहेको ठगको नाम सुन्दा तत्कालीन अंग्रेजहरु पनि डराउँथे । किनकि, उनको लुट तथा हत्याको तरिका निकै रहस्यमय तथा डरलाग्दो थियो ।


भनिन्थ्यो, बेहराम एकपटक जुन बाटोबाट हिँड्थ्यो, त्यहाँ लासको थुप्रो जम्मा हुन्थ्यो । उनि आफ्नो गिरोहका नाइके थिए । सो गिरोह भेष बदलेर पर्यटक र व्यापारीहरुको बीचमा घुस्ने र मौका मिल्नासाथ मान्छेको हत्या गरी पैसा र सामान लुट्ने गर्दथ्यो ।

एक रिपोर्टअनुसार, बेहरामले आफ्नो जीवनमा ९ सय ३१ जना मानिसको हत्या गरेका थिए । उनले ती हत्याको अपराध पनि स्वीकार समेत गरेका थिए । रोचक त के भने उसले आफूसँग एउटा रुमाल राख्दथ्यो । अनि त्यहीँ रुमालले मान्छेको घाँटीमा बाँधेर ९ सय भन्दा धेरैको हत्या गरेका थिए । उनको त्यो हत्या तथा अपराधका कारण उनको नाम गिनिज बुकमा समेत राख्न सफल भएका थिए ।

सन् १८०९ मा अंग्रेज सासकले बेहरामको गिरोहले गरेका हत्याका सम्बन्धमा पत्ता लगाउन एक टोली गठन गर्यो । सोही टोलीले बेहरामको नेतृत्वमा रहेको २ सय जनाको हत्यारा टोलीले ९ सय भन्दा धेरै मानिसको हत्या गरेको ठहर गरेको थियो ।

अन्ततः त्यसको १० वर्षपछि बेहराम पक्राउ परे । त्यतिबेला उनको उमेर ७५ वर्ष थियो । सन् १८४० मा बेहरामलाई फाँसीको सजायँ दिइएको थियो ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक