फागुन १०, काठमाडौं । भारतको मध्य प्रदेशको मुरैना जिल्लामा एक व्यक्तिले श्रीमतीको हत्या गरेर टाउको लिएर प्रहरी चौकी पुगेका छन् ।

बीबीसीका अनुसार बुधबार यो घटना प्रदेशको राजधानी भोपालबाट झण्डै ४५० किलोमिटर टाढा रहेको मुरैना जिल्लाको चम्बर इलामा भएको हो ।

मुरैनाका प्रहरी अधीक्षक रियाज इकबाल घटनाको जानकारी दिँदै भन्छन्, ‘घटना बुधबार बाहिर आएको हो । कल्याण शाक्यवार नाम गरेका एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेर थानामा आफैविरुद्ध उजुरी दिन आएका थिए । उनले आफूले श्रीमतीको हत्या गरेको बताए । उनलाई तुरुन्तै गिरफ्तार गरेर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।’

प्रहरीका अनुसार कल्याण र उनकी श्रीमती पंकजबीच सधैँजसो झगडा हुन्थ्यो । हरेक दिनजसो उनीहरुबीच झगडा हुन्थ्यो । बुधबार फेरि उही सिलसिलामा झगडा बढ्दै गएपछि कल्याणले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको हो ।

उनीहरुको विवाह १० वर्षअघि भएको थियो । उनीहरुका तीन छोराछोरी पनि छन् ।

श्रीमतीको हत्या गरेर उसले टाउको हातमा झुण्ड्याउँदै कल्याण महुवा प्रहरी चौकी पुगेको थियो । उसको हातमा एक महिलाको टाउको देखेर सबै डराइरहेका थिए ।

February 22, 2019
काठमाडौँ - KTM, बिचित्र संसार
बन्चरो प्रहार गरि श्रीमतीको हत्या गरेर टाउको लिई प्रहरी चौकी पुगे श्रीमान !
By kit
3 मिनेट पढाइ