Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जब टाउको दुखाइको औषधि खाएर सुतेकी युवती होसमा आउँदा आमा बनिन् !

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन १३, काठमाडौं | टाउको दुखाइको औषधि खाएर सुतेकी एक युवती होसमा आउदा आमा बनेकी छन् | यो घटनामा भएको हो | ब्रिटेनकी एबोनी स्टिवेन्सनलाई यस्तो भएको छ । एबोनी १८ वर्षकी छिन् । उनि ब्रिटेनको ओल्डह्याम भन्ने स्थानमा बस्छिन् । २०१८ डिसेम्बर २ तारिखमा उनलाई टाउको दुख्यो । उनलाई अस्पताल भर्ना गरियो । त्यसपछि एबोनी कोमामा गइन् ।

स्वास्थ्योपचारका बेला थाहा भयो कि उनलाई प्रिक्लेम्प्सिया नामको रोग लागेको थियो । त्यसकारण उनलाई अचानक टाउको दुखेको थियो । पिक्लेम्प्सिया एक प्रकारको स्वास्थ्य अवस्था हो जुन गर्भवती महिलामा देखिन्छ ।  यसमा उच्च रक्तचाप हुन्छ, हात–खुट्टा सुन्निन्छ, पिसाबमा प्रोटिन बढ्नेजस्ता लक्षण देखिन्छ ।

तर, एबोनीलाई यसबारे कसरी थाहा हुन्थ्यो । उनको बच्चा उनको दोस्रो पाठेघरमा हुर्किरहेको थियो ।

उपचारका क्रममा एबोनीको दुईवटा पाठेघर भएको पत्ता लाग्यो । मेडिकल साइन्समा यो अवस्थालाई युटेरस डिडेलफिस ९ग्तभचगक म्ष्मभउिजथक० भनिन्छ । एबोनीको बायाँ तर्फको पाठेघरमा बच्चा हुर्किरहेको थियो । त्यो बायाँतर्फ नै झुकेको थियो त्यसकारण पेट पनि खासै बढेको थिएन । उनको पेटमा बच्चाको विकास राम्रोसँग भइसकेको थियो । एबोनी अस्पतालमा भर्ना भएलगत्तै उनको शल्यक्रिया गरियो । एबोनीले छोरीलाई जन्म दिइन् तर यो कुरा उनले तीन दिनपछि मात्र कोमाबाट फर्किएपछि होसमा आएपछि थाहा पाइन् ।

एबोनी कलेजमा स्पोर्टस् फिजियोथेरापीको अध्ययन गरिरहेकी थिइन् । कोमाबाट फर्किएपछि एबोनीलाई टाउको दुखेर औषधी खाएर सुत्न गएको मात्रै थाहा भएको बताउँछिन् । एबोनीले आफ्नी छोरीको नाम एलोडी राखेकी छिन् । एजेन्सी