2026-09-03 12:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब भारी हिमपातको बीचमा विमान फस्यो !

काठमाडौं | क्यानडामा खराब मौसम अहिले सर्वसाधारणका लागि टाउको दुखाईको विषय बनेको छ । सडकमा आवत–जावत रोकिएको छ, यस्तै विमान सेवा पनि प्रभावित भएको छ ।

गत मार्च ४ तारिखमा टोरेन्टोबाट ओन्टारियो जाँदै गरेको एउटा विमान भारी हिमपातका कारण अचानक डाइभर्ट गरियो । विमान करिब आठ घण्टासम्म फ्रेडेरिक्टन इलाकामा फस्यो । सीएनएनका अनुसार यस्तो स्थितीमा यात्रीका लागि खानाको कमी भयो । स्थितीलाई बुझेर विमान चालकले यात्रुका लागि कुटपिटबाटै फोन गरेर पिज्जा अर्डर गरेका छन् ।

पाइलटले यात्रीका लागि २३ वटा लार्ज पिज्जा मगाएका थिए । साधारणतया यति ठूलो अर्डरमा धेरै समय लाग्छ । तर रेष्टुरेन्टमा सबै सेफलाई काममा लगाएर डेढ घण्टामा नै अर्डर पुर्र्याए ।

रेष्टुरेन्टकी म्यानेजर जोफी लारिवीले उनले थुप्रै पटक ठूला अर्डर लिएता पनि कुनै अर्डर सिधा विमानभित्रै पुर्याएको यो पहिलो घटना भएको बताइन् । आफूहरु यस्तो अचम्मको अर्डरबारे रातीभरी हाँसेको उनले बताइन् ।

एयर क्यानडाकी प्रवक्ता एन्जेला माहले यस्तो मौकामा विमानका पाइलट र अन्य सदस्यलाई निकै सोचेर काम गरेको भन्दै बधाई दिइन् । उनका अनुसार सबै यात्रीको मिलिजुली प्रयासले यात्रुको ठूलो समस्या सुल्भिएको छ । यद्यपी, उनले पिज्जा अर्डर गर्ने पाइलटको नाम भने सार्वजनिक गरिनन् । रेष्टुरेन्ट म्यानेजर लारिवीले पिज्जा पुर्याएपछि पाइलटले उनलाई फोनमा धन्यवाद दिएको बताइन् ।

यस्तै, विमानमा सवार यात्रीले पनि पाइलटको यस्तो कदमको प्रशंसा गरेका छन् । एक यात्रीले भोकका कारण विमानमा सवार सबैजना तनावमा भएको बताउँदै पाइलटको एउटा कदमले सबैको अनुहारमा मुस्कान ल्याइदिएको बताए । यात्री बिल कस्टर्नले पिज्जासँगैको एउटा फोटो सोसल मिडियामा पनि अपलोड गरेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट