2026-06-24 06:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

खोलामा डुबेर युवकको मृत्यु

2019-06-08


जेठ २५ ,  दैलेख| दैलेखको नारायण नगरपालिका–१ पुरानो बजारका एक युवकको खोलामा डुबेर आज मृत्यु भएको छ । २१ वर्षीय भीमबहादुर नेपालीको पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको हो ।  आफन्तको वार्षिक पुण्यतिथिमा पञ्चकोशी तीर्थस्थलमध्येको कोटिलामा गएका नेपालीको कोटिला मन्दिर नजिकैको छामघाट खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रवक्ता प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

 पौडी खेल्न नजान्ने नेपाली शुरुमा छिपछिपे पानीमा पौडी खेलेको भए पनि पछि गहिरो स्थानमा पौडी खेल्न गएको र त्यही गहिरो खाँेचमा डुबेर मृत्यु भएको प्रहरी निरीक्षक क्षेत्रीले बताउनुभयो । प्रहरीका अनुसार मृतक नेपालीको शव भेटिएको स्थानमा १४ फिट गहिरो पानी थियो । मृतकको शव परीक्षणका लागि दैलेख अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक