पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>सुनिल कुँवर | जेठ २९, काठमाडौँ | </b>बझाङको बुंगल नगरपालिका देउलेकोटमा जीप दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । आज बिहान भएको उक्त घटनामा जीप चालक लक्ष्मण धामी गम्भीर घाईते भएका हुन् । </p><p>उक्त घटनामा तीन जना जीप मालिक कर्ण धामी, देउलीकोट स्वास्थ्य चौकीका अहेव नरेस बोहरा र जीपका सहचालक हरिस धामी सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय बुङ्गलका प्रहरी प्रमुख जनक धामीले जानकारी दिएका छन् ।</p><p>जीप सडकबाट करिव आठ मिटर तल खसेको र साघुरो कच्ची बाटो भएको कारण घुम्तीमा मोड्ने क्रममा खसेको हुनसक्ने प्रहरीको अनुमान छ । चालक, जीप मालिक र देउलीकोट स्वास्थ्य चैकिका अहेवलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र देउरा पठाइएको छ । सहचालक भने सकुसल छन् ।</p>

