२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु

२०७६, २९ जेष्ठ बुधबार १०:२९

जेठ २९,नवलपरासी | पश्चिम नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते प्रतापपुर गाउँपालिका–५ बेताहानीका ६५ वर्षीय झिन्कु लोनियाको आज दिउँसो मृत्यु भएको हो । आज दिउँसो १ः४५ बजेको समयमा बाटोमा हिँडिरहेको अवस्थामा अचानक चट्याङ लागेर गम्भीर घाइते हुनुभएका लोनियालाई उपचारका लागि सामुदायिक अस्पताल चौपत्ता लगेकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

रामग्राम स्तुपको प्रवद्र्धनमा जोड

लुम्बिनी भ्रमण वर्ष २०७६ लाई लक्षित गरी प्रदेश नं ५ को सरकारले पश्चिम नवलपरासीमा रहेका विभिन्न धार्मिक ऐतिहासिक र पर्यटकीयस्थलको प्रवद्र्धनमा जोड दिएको छ ।

  सुन्दर प्रदेशको चिनारी रहेको प्रदेश नं ५ भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीकै परिचयबाट विश्वप्रसिद्ध छ । यसै प्रदेशअन्तर्गत पर्ने एक महत्वपूर्ण जिल्ला हो पश्चिम नवलपरासी । प्रदेश नं ५ को प्रवेशद्वार रहेको यो जिल्ला पर्यटकीय दृटिकोणले सबैका लागि सबल गन्तव्य मानिन्छ । जिल्लामा भगवान् गौतमबुद्धको अष्तुधातु रहेको रामग्राम स्तुप, बुद्धको मावलीस्थल पण्डितपुर, बौद्धकालीन कोलवृक्ष, बुद्धकालीन ताल र बुद्धमङ्गल ताललगायतका स्थल रहेका छन् । सो स्थलमा पर्यटकलाई आकर्षण गर्ने गरी प्रचारप्रसार, एवं प्रवद्र्धनात्मक काम गर्ने योजना रहेको प्रदेश नं ५ सरकारका प्रवक्ता एवं भैतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी बताउनुहुन्छ ।

 गौतमबुद्धको आठ स्थानमा राखिएका अस्तुधातुमध्ये रामग्राम स्तुप पनि एक हो । बगैँचा र माटोको ठूलो ढिस्कोमा रहेको रुखसँगै प्राकृतिक मनोरम वातावरणभित्र स्थापित यो स्तुप संसारभरि बस्ने बौद्धमार्गी एवं बुद्धप्रति आस्था र विश्वास राख्ने करोडाँै भक्तजनको महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थल हो । 

 लुम्बिनी भ्रमण वर्षलाई सघाउ पु¥याउन रामग्राम नगरपालिकाले पनि ‘रामग्राम र पण्डितपुर जाऔँ, लुम्बिनी भ्रमण वर्ष सफल पारौँ’ भन्ने नारा तय गरी पर्यटक भित्र्याउने कार्ययोजना बनाएर काम अघि बढाएको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ता बताउनुहुन्छ । 

लुम्बिनीपछिको बौद्धसँगसम्बन्धित महत्वपूर्ण स्थल रामग्राम स्तुप र पण्डितपुरलाई आन्तरिक र बाह्य पर्यटकका लागि राम्रो गन्तव्यको रुपमा लिन सकिन्छ । यस क्षेत्रलाई विकास गर्न सके नेपालले पर्यटकीय विकासमा फड्को मार्न सक्ने सङ्घीय सांसद देवेन्द्रराज कँडेलको भनाइ छ । 

पश्चिम नवलपरासी जिल्ला धार्मिक पर्यटकीय र ऐतिहासिक महत्व भएका स्थलको रुपमा विश्वसामु परिचित छ । लुम्बिनी शहर रामग्राम र पण्डितपुरको विकासमा राज्यको ध्यान पुग्नुपर्ने स्थानीयवासी शम्भु उपाध्यायको माग छ । प्रदेश नं ५ सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६ अभियान चलाइरहँदा पश्चिम नवलपरासीमा रहेका महत्वपूर्ण पर्यटकीयस्थलको पनि विकास हुन जरुरी देखिन्छ । 

कामविहीन छोटी भन्सार कार्यालय

नवलपरासीमा रहेका सबै छोटी भन्सार कार्यालय कामविहीन बनेका छन् । पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयको अन्तर्गत रहेका सबै छोटी भन्सार कार्यालयमा वर्षौदेखि राजश्व सङ्कलन गर्ने काम नहुने भएपछि कार्यालय कामविहीन बनेका हुन् ।

महेशपुर मुल भन्सारअन्तर्गत पश्चिम नवलपरासी प्रसौनी, भुजहवा र बिष्णुपुरा छोटी यसैगरी पूर्वी नवलपरासीको त्रिवेणी छोटी भन्सार कार्यालय छन् । सबै छोटी भन्सार प्रभावकारीविहीन बन्न बाध्य भएका छन् । सबै छोटी भन्सार कार्यालयमा कर्मचारीसमेत बस्ने गरेका छैनन् । राजश्व सङ्कलनको काम नहुने र दरबन्दीअनुसार कर्मचारी नहँुदा छोटी भन्सारमा कर्मचारी पठाउन समस्या भएको महेशपुर मुल भन्सार कार्यालयका प्रमुख हेमचन्द्र शर्माले बताउनुभयो । 

कुनै पनि छोटी भन्सार कार्यालयको राजश्व सङ्कलनको काम हँुदैन । केही छोटी भन्सार कार्यालयमा भारतीय बजारबाट नेपालको नजिकको बजार आउने सवारीसधानका लागि अस्थायी अनुमतिपत्र दिने मात्र काम हुन्छ भने भुजहवा र बिष्णुपुरा छोटी भन्सार कार्यालयमा सो कामसमेत बन्द छ । 

भन्सार विभागबाट ती छोटी भन्सार कार्यालयबाट राजश्व सङ्कलनको काम गर्ने गरी अनुमतिप्राप्त छैन । पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयलाई मात्र राजश्व सङ्कलन गर्ने अधिकार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा