2026-09-03 04:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्पतालले मृत घोषणा गरेर अन्तिम संस्कार गर्न लाग्दै गर्दा युवकको होस् खुलेपछि…

असार १७, लखनऊ (एजेन्सीको सहयोगमा) | भारतको उत्तरप्रदेशको राजधानीमा एक मृत घोषित युवकलाई समसान घाटमा पुर्ने सम्पूर्ण तयारी हुँदै थियो । उनलाई पुर्ने खाल्डो समेत खनियो र उनको शव खाल्डोमा राख्न लाग्दै गर्दा ति युवकले जीवितै रहेको संकेत देखाएपछि तत्काल अस्पताल लगिएको समाचार छ ।

भारतीय संचार माध्यममा आएका समाचार अनुसार मृतकका परिवारले उनको अन्तिम संस्कार  गर्न खोज्दै गर्दा उनले आफू जिउदो रहेको संकेत दिएका थिए । परिवारले उनलाई अस्पताल लगे लगत्तै ति युवक जिवितै रहेको डाक्टरहरुले बताएका थिए ।

२० बर्षीय ति युवक मोहम्मद फुरकान २१ जूनमा एक दुर्घटनामा घाइते  भएका थिए । त्यसपछि उनलाई निजी अस्पतालमा भर्ना गरिएको थियो । सोमवार डाक्टरले उनको मृत्यु भएको घोषित गरे । चिकित्सकहरुले मृत्यु भएको घोषणा गरेपछि ति युवकको अन्तिम संस्कारको लागि एम्बुलेन्समार्फत घर लागिएको थियो । फुरकानमा दाजु मोहम्मद इरफानले घटना अप्रत्याशित भएको बताएका छन् । उनले भनेका छन् ‘परिवारलाई घटना बारे विश्वासनै भईरहेको छैन । हामीले हाम्रो भाई फिर्ता पायौं ।

इरफानले  भने कि भाईको उपचारको लागि निजी अस्पताल परिवारले सात लाख भारु लिएका थिए । जब परिवार स्रोतले आफूहरुसँग उपचारको लागि थप पैसा नभएको बताए, तब अस्पतालले सोमबार फुरकानको मृत्यु भएको घोषित गरेका थिए । अन्तिम संस्कारको लागि झन्डै गाडिएको भाई जिवितै रहेको थाहा पाए पछि उनको उपचारको लागि परिवारले राम मनोहर लोहिया अस्पतालमा उपचार गराईरहेका छन् । उनलाई भेंटिलेटरमा राखेर उपचार गराइएको छ ।

लखनऊमा मुख्य चिकित्सा अधिकारी (सीएमओ) नरेन्द्र अग्रवालले भने, “हामीले घटनाको अध्ययन् गर्दैछौं ।” फुरकानको उपचारमा संलग्न डाक्टरले भने अनुसार घाइते युवकको स्थिति गम्भीर छ । उनको नाडी, ब्लडप्रेसर र दिमाग काम गरिरहेको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही