2026-09-03 04:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमतीको बेडरुममा सिसिटिभी क्यामरा, सासुले गर्थिन् २४ घण्टै निगरानी

एजेन्सीको सहयोगमा | संसारमा अनेक प्रकारका घटना घट्छन्, यस्तै घटना घटेको छ भारतमा । भारतको त्रिपुराकी एक महिलाले आफ्ना श्रीमानविरुद्ध उजुरी दिन राज्य महिला आयोग पुगिन् । कारण यो थियो कि उनका श्रीमानले घरभरी नै आफ्नो श्रीमतीलाईइ नियन्त्रणमा राख्नको लागि सिसिटिभी क्यामरा जोडेका थिए ।

इन्डियन एक्सप्रेसको समाचार अनुसार पश्चिमी भारतको त्रिपुरा जिल्लाको प्रतापगढमा एउटा गाउँ छ, साधुतिल्ला । जहाँ घटनाको उजुरी दिने महिला र घरमा सिसिटिभी जोड्ने श्रीमानबीच तीन वर्ष अघि विवाह भएको थियो । श्रीमानले गत वर्ष सेप्टेम्बरमा चार कोठे घरमा पाँचवटा सिसि क्यामरा राखे । त्यो पनि चोर वा अन्य असुरक्षाको कारणले नभई आफ्नै श्रीमतीको गतिबिधि नियाल्ने नियतले उक्त सिसिटिभी राखिएको थियो । आफू सिसिटिभीको नियन्त्रणमा रहनुपरेपछि ति महिला घर छोडेर माइती गइन् । 

महिलाका अनुसार उनका श्रीमानले क्यामरा घरमा छिर्ने गेट, सासुको कोठा, बैठक कोठा र उनीहरुको बेडरुममा राखेका थिए । क्यामराको मोनिटर सासुको कोठामा फिट गरिएको थियो, जहाँबाट सासुले आफ्नो बुहारीको निगरानी गर्दथिन् । महिलाले प्रहरीलाई दिएको उजुरी अनुसार महिलालाई विवाहको केही दिनपछिदेखि दाइजोका लागि प्रताडित गर्न थालिएको थियो । विवाहका बेला दाइजोको कुरै नगरेको उनको माइतीले दाइजो नदिएको तर बिबाहपछि दाइजो मागेर श्रीमानको परिवारले दाईजोको निहुमा उनलाई दु:ख दिन थालेको थियो । त्यसपछि उनको माइती परिवारले एक पैतृक जमिन बेचेर दुई लाख भारु दाइजोस्वरुप दिएको थियो ।  

महिलाको आरोपपछि महिलाका श्रीमानलाइ सोधपुछ भयो । श्रीमानले आफू निर्दोष भएको र दाइजो माग नगरेको बयान दिए । श्रीमानका अनुसार श्रीमतीले घर छोड्ने तयारी गरिरहेको र आफूलाई जेल पठाउने धम्की दिईरहेको बयान दिए । श्रीमानको बयान अनुसार आरोप लगाउने महिलाले श्रीमानलाई र उनका आमा तथा आफन्तलाई दुर्व्यवहार गर्थिन्, त्यसकारण उनले आत्मसुरक्षाको लागि सिसिटीभी क्यामरा जोडेको बताएका छन् । उनले आवश्यक परेको बेला निर्दोष छु भनेर सावित गर्नको लागि भनेर आफूले सिसिटिभी जोडेको बताए । यस बिषयमा महिला आयोगकी अध्यक्ष बरनाली गोस्वामीले यसलाई गम्भीर अपराध बताएकी छिन् । उनले भनेकी छन् ‘कोही महिला आफ्नै घरमा लगातार निगरानीमा कसरी बस्न सक्छिन् ? ’१७ जुलाईमा दुई पक्षको कुरा सुनेर महिला अधिकारीहरुले टि महिला र उनका श्रीमानलाई ४५ दिनको समय दिएका छन् । साथै श्रीमानले श्रीमतीलाई गुजाराका लागि हरेक महिना ३ हजार भारु दिने सर्त राखेको समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही