2026-06-24 12:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२९ वर्षीया महिलाले जुम्ल्याहा सन्तानलाई ११ हप्ताको अन्तरमा जन्माईन

2019-08-21

भदौ ४, एजेन्सी | काजकास्तनकी २९ वर्षीया महिलाले आफ्ना जुम्ल्याहा सन्तानलाई ११ हप्ताको अन्तरमा जन्माएपछि डाक्टरसमेत चकित परेका छन् । डाक्टरका अनुसार यो घटना अत्यन्तै दुर्लभ हो र पाँच करोड महिलामध्ये एकमा देखिन्छ ।


उत्तरी काजकास्तानमा अवस्थित युराल्स्क गाउँकी लिलिया कोनोभालो जब दोस्रोपटक सुत्केरी हुन क्लिनिक पुगिन् तब त्यहाँका डाक्टरलाई उनी युटेरस डिडेल्फिस नामको निकै दुर्लभ स्थितीमा रहेको थाहा भइसकेको थियो । युटेरस डिडेल्फिसको अर्थ यो हो कि उनको दुईवटा पाठेघर छन् । डाक्टरलाई यसबारे सात वर्षअघि थाहा भइसकेको थियो जब उनी पहिलो पटक गर्भवती थिइन् । उनले निकै सहज तरिकाले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी थिइन् । तर यसपटक उनको गर्भावस्था निकै कष्टकर रह्यो किनभने उनी जुम्ल्याहा सन्तानकी आमा बन्दैथिइन् जुन उनका दुईवटा पाठेघरमा छुट्टाछुट्टै हुर्किरहेका थिए ।

मे २४ तारिखमा कोनोभालोभाले २५ हप्तामा नै छोरी जन्माइन्, जसको तौल ८५० ग्राममात्र थियो । जसका कारण उनले थुप्रै हप्ता इन्टेन्सिभ केयरमा बिताउनु पर्यो । उनको दोस्रो छोरा अगस्ट ९ मा जन्मिएका हुन् । उनको तौल २.९ केजी थियो ।

‘मेरो छोरालाई यो संसारमा आउन त्यति हतार भएन,’ लिलियाले पत्रकारलाई भनिन्, ‘जब मलाई आफ्नो स्थितीबारे थाहा भयो तब म निकै चकित परेकी थिएँ । म आफ्नी छोरीको लागि अत्यधिक चिन्तित थिएँ । तर हाम्रा डाक्टर निकै उत्कृष्ट थिए । उनीहरुले जे गरे त्यो चमत्कारभन्दा कम थिएन । उनीहरुले आफूलाई प्रमाणित गराए ।’

अब उनका दुबै सन्तानको तौल लगभग तीन किलो छ । उनीहरुलाई अस्पतालले डिस्चार्ज गर्ने तयारीमा गरिरहेको छ । लिलीको अवस्था र जसरी उनले जुम्ल्याहा सन्तानलाई जन्माइन् यो काजकिस्तानको इतिहासको पहिलो घटना बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे