2026-10-23 06:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

७३ बर्षिय महिलाले जन्माइन जुम्ल्याह सन्तान

भदौ २०,एजेन्सी | भारतको आन्ध्र प्रदेशको गुन्टुर जिल्लामा ७३ वर्षीया वृद्धाले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन् | महिलाको नाम येरामती मंगायम्मा हो र उनले बुधबार बिहान साढे १० बजे शल्यक्रियामार्फत् यी बच्चालाई जन्म दिएकी हुन् ।

उनको शल्यक्रिया गर्ने डाक्टर उमा शंकरले बीबीसी तेलुगुलाई भनिन्, ‘आमा र जुम्ल्याहा बच्चा दुबै स्वस्थ छन् । ती बच्चाहरु अबको २१ दिनसम्म डाक्टरको निगरानीमा रहनेछन् ।’ यी महिला जुम्ल्याहा बच्चालाई जन्म दिने सबैभन्दा पाको महिला भएको अनुमान गरिएको छ किनभने सबैभन्दा धेरै उमेरमा बच्चालाई जन्म दिने आधिकारिक रेकर्ड स्पेनकी मारिया डेल कार्मेन बाउसाडा लाराको नाममा छ जसले सन् २००६ मा ६६ वर्षको उमेरमा जुम्ल्याहालाई जन्म दिएकी थिइन् ।

यद्यपि, केही मानिसले यो रेकर्ड भारतकी ओमकारी पनवारको नाममा भएको दाबी गरिरहेका छन् । ओमकारीले सन् २००७ मा ७० वर्षको उमेरमा जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् । वर्षौंसम्म अस्पतालको चक्कर लगाइरहे दम्पत्तिलेः

मंगायम्माले खुसी व्यक्त गर्दै भनिन्, ‘मानिसहरुले मलाई बाँझो भन्थे । मैले अत्यधिक पीडा सहेकी छु । त्यसकारण मैले बच्चा जन्माउने निर्णय गरेँ । यो मेरो जीवनको सबैभन्दा खुसीको पल हो ।’महिलाका श्रीमान् यरामती सीताराम राजारावले भने, ‘अब म खुसी छु । यो सबै यी डाक्टरका कारण सम्भव हुन सक्यो । हामीले विभिन्न अस्पतालमा थुप्रै तरिका अपनायौं । त्यसपछि हामी पुनः कोसिस गर्ने भन्दै यो अस्पताल आयौं । 

यहाँ आएको दुई महिनाभित्र मेरी श्रीमती गर्भवती भइन् । हामी पछिल्लो ९ महिनादेखि यसै अस्पतालमा छौं । मानिसहरुले हामीलाई बाँझो व्यक्ति भन्दथे ।  अब यस्तो भन्नेहरुको मुख टालिएको छ । हामी यी दुई छोरीहरुको निकै राम्रो तरिकाले हेरबिचार गर्नेछौं ।’

उनीहरुको विवाह सन् १९६२ को मार्च २२ मा भएको थियो । बच्चाको चाहनामा यी दम्पत्तिले वर्षौंसम्म अस्पतालको चक्कर लगाइरहे । केही दिन अघि जब यी दम्पत्तिका इलाकाकै एक ५५ वर्षीया महिलाले आइभिएफमार्फत् बच्चा जन्माए तब उनीहरुले पनि यो तरिका अपनाउने सोच बनाए ।

गत वर्ष यो दम्पत्ति गुन्टुरको यो क्लिनिकमा पुगे । डाक्टर उमा शंकरले सबै परीक्षणपश्चात् उनीहरुको उपचार सुरु गरे ।

महिलामा बढ्दो उमेरसँगै अण्डाणुको संख्या कम हुन सुरु हुन्छ र ३५ वर्ष पछि त यो तीब्र रुपमा कम हुन्छ । मंगायम्माको महिनावारी रोकिइसकेको थियो । त्यसकारण कुनै चिकित्सकीय मद्दतले गर्भवती हुनु असभ्व नै थियो ।

गर्भधारणका लागि यो दम्पत्तिले एक डोनरबाट अण्डाणु लिए र आइभिएफ प्रविधीमार्फत् त्यसलाई श्रीमान् सीताराम राजारावको शुक्रकिटसँग मिलाइयो । त्यसपछि बनेको भ्रुणलाई मंगायम्माको गर्भमा राखियो । पाको उमेरका महिलामा गर्भधारण एक जटिल प्रक्रिया हो र यस्तोमा अत्यधिक सावधानी अपनाउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने