पढ्न करिब 1 मिनेट लाग्छ

भदौ २१, एजेन्सी | अमेरिकाको न्यूजर्सीस्थित जंगलमा दुईवटा टाउको भएको अनौठो सर्प फेला परेको छ । वातावरणवादी समूह अध्ययन भ्रमणका लागि सो स्थानमा जाँदा त्यस्तो सर्प भेटिएको हो । त्यसको नाम डबल डेभ राखिएको छ ।

सो सर्पका पूर्ण विकसित दुईवटा टाउका, चारवटा आँखा र दुईवटा जिब्रो पाइएका छन् । ती सबैले स्वतन्त्रतापूर्वक काम गरिरहेको देखिएको छ । वातावरणविद् डेभीड स्केनदरले सो सर्पलाई बाँच्न निकै कठीन जस्तो देखिएको जनाए ।

उनी र उनका साथीले सर्पको नाम डबल डेभ राखेका हुन् । सर्प भेट्ने दुवैको नाम डेभीड भएकोले सर्पको नाम पनि उनीहरुले त्यसैसँग जोडेर डेभीडको स्थानमा डेभ गरेर डबल डेभ राखेका हुन् । उनीहरुले सो सर्पलाई गएको अगस्ट २५ का दिन फेला पारेका थिए ।