2026-09-03 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुनको टोयलेट चोरी

भदौ २९, एजेन्सी | अक्सफोर्डशायरको ब्लेनहेम प्यालेसबाट १८ क्यारेट सुनबाट बनेको टोयलेट चोरी भएको छ | थेम्स भ्याली पुलिसका अनुसार एउटा समूह अक्सफोर्डशायरस्थित उक्त प्यालेसभित्र प्रवेश गरेर उक्त कलाकृति चोरेका हुन् ।

सुनको यो टोयलेट इटलीका एक कलाकार मौरिजियो केटलेनको रचना थियो । उक्त सुनको ट्वाइलेट बिहिबारको एउटा प्रदर्शनीको मुख्य आकर्षणको केन्द्र थियो । यो शौचालय प्रयोगमा थियो र दर्शकलाई यसको प्रयोगका लागि बोलाइएको थियो ।

अहिलेसम्म यो टोयलेट भेटिएको छैन तर ६६ वर्षे एक व्यक्तिलाई चोरीको आशंकामा पक्राउ गरिएको छ । पुलिसका अनुसार यो चोरीका कारण भवनमा पनि क्षती पुगेको छ किनभने टोयलेट उखेलिपछि त्यहाँ पानी भरिएको छ ।

१८ औं शताब्दिको ब्लेनहेम प्यालेसमा बेलायती प्रधानमन्त्री सर विन्स्टन चर्चिलको जन्म भएको थियो । ड्युक अफ मोलबोराका सौतेनी भाइ एडवर्ड स्पेन्सर चर्चिलले पछिल्लो महिना उनी कलाकृतिको सुरक्षाको विषयमा निश्चिन्त भएको र यहाँबाट केही पनि चोर्न सजिलो नभएको बताएका थिए ।

यहाँ आउने व्यक्तिलाई राजगद्दीको प्रयोगमा पनि अनुमती थियो तर तीन मिनेटका लागि मात्रै । डिटेक्टिव इन्सपेक्टर जेस मिलनले भने, ‘जुन कलाकृति चोरियो त्यो निकै मूल्यवान् छ । त्यो सुनले बनाइएको थियो र प्रदर्शनीका लागि राखिएको थियो ।’

‘हामीलाई लाग्छ कि चोरले दुईवटा गाडी प्रयोग गरेको हुनसक्छ । कलाकृति अहिलेसम्म भेटिएको छैन तर हामी अनुसन्धान गरिरहेका छौं,’ उनले भने । ब्लेनहेम प्यालेसको तर्फबाट एउटा ट्वीटमा प्यालेस आइतबार मात्रै खोलिने  जानकारी दिएको छ । सन् २०१७ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई यो सुनको टोयलेट दिने प्रस्ताव गरिएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही