2026-09-03 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनौठो कबड्डी प्रतियोगिता, पुरस्कारमा पाइन्छ बाख्रा, कुखुरा र अण्डा

भदौ २९, एजेन्सी | प्रतियोगिता चाहे जुनसुकै किन नहोस्, पुरस्कारका रूपमा कप, मेडल वा नगद दिइन्छ । तर भारतको छत्तीसगढ राज्यको गरियाबन्द जिल्लामा हुने कबड्डी प्रतियोगितामा पुरस्कारको रूपमा कप, मेडल वा नगदको साटो अरू नै चिज दिइन्छ । अनौठो पुरस्कारकै कारण उक्त कबड्डी प्रतियोगिता भारतभर चर्चामा रहेको छ ।

दादर गाउँमा हुने उक्त कबड्डी प्रतियोगितामा विजेतालाई बाख्रा, कुखुरा, माछा तथा अण्डा दिने भनी आयोजकले घोषणा गरेसँगै त्यसले राम्रै चर्चा कमाएको छ । प्रतियोगिताको पुरस्कारसम्बन्धी पर्चा सोसल मिडियामा भाइरल नै बनेको छ ।

आगामी १५ सेप्टेम्बरमा आयोजना हुने उक्त प्रतियोगिता प्रथम हुनेलाई एउटा बोका पुरस्कार दिइनेछ । त्यस्तै, दोस्रो हुनेलाई २० किलो बराबरका कुखुरा दिइनेछ भने तेस्रो पुरस्कार १५ किलो माछा छ । त्यस्तै चौथो पुरस्कारको रुपमा २ सय वटा अण्डा दिइने आयोजकले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही