2026-06-24 05:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२४ घण्टे ड्युटिको कारण बिहे गर्न केटी नपाएपछि सिपाहीले दिए राजीनामा

2019-09-16

भदौ ३०, एजेन्सी | भारतको हैदरावादको एक पुलिस चौकीमा कार्यरत २९ वर्षीय सिद्दान्थी प्रताप नामका प्रहरी जवान बिहे गर्न चाहन्थे । तर, उनको चौबीसघण्टे ड्यूटीका बारेमा थाहा पाएसँगै कोही पनि केटीका बाबुआमा उनलाई छोरी दिन राजी भएनन् । 

जागिरका कारण केटीले नै नपत्याउने अवस्था आएपछि उनले अन्ततः पुलिसको जागिरबाट हात धुने निर्णय गरे | हैदरावादका पुलिस आयुक्तलाई पत्र लेखी उनले आफूले राजीनामा दिनुपर्नाको कारण उल्लेख गरेका थिए । उनी लेख्छन्, ‘चौबीसै घण्टा जागिर, सप्ताहन्तमा बिदा पनि छैन । इन्जिनियरिङको पढाइ सकेर पुलिसको जवान पदमा भर्ना भएको पाँच वर्षमा पनि बढुवा भएन । जवान पदमा भर्ना हुने मान्छे जवानबाटै अवकाश भएको मैले देखेको छु । त्यसैले म निरास छु र यो जागिर खान चाहन्नँ ।’

स्थानीय मिडियासँग बोल्दै उनले पछिल्लो एक वर्षदेखि बिहे गर्ने प्रयास गरिरहँदा पनि उनको बिहे हुन नसकेको बताएका छन् । आफूले बिहेका लागि अहिलेसम्म दुईजना केटीसँग भेटघाट गरेको भए पनि उनीहरुले सिपाहीको चौबीसघण्टे जागिर भन्दै उनीसँग बिहे नगर्ने बताए । त्यसैले पनि आफूले पुलिसको जागिर छाड्ने निर्णय गरेको उनको भनाइ रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित