Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मान्छेको टाउकोमा पनि यसरी पलायो जनावरको सिङ !

By kit 2 मिनेट पढाइ

एजेन्सी | मानिसलाई सुन्दा अचम्म लाग्न सक्छ | मान्छेको टाउकोमा पनि कसरी सिङ पलाउँन सक्छ | भारतको मध्यप्रदेशमा एउटा मान्छेको टाउकोमा सिङ पलाएको छ । मध्यप्रदेशको सागर जिल्लामा पर्ने रहली गाउँमा बस्ने ७४ वर्षका श्यामलाल यादवको टाउकोमा केही वर्षअघि एउटा सिङ पलाएर बढिरहेको थियो ।अहिले शल्यक्रिया गरी उक्त काटिएको छ ।

केही वर्षअघि टाउकोमा चोट लागेसँगै उनको टाउकोबाट सिङ उमि्रएको र त्यो बढ्दै गएको श्यामलालले बताएका छन्  | उनले टाउकोमा पलाएको सिङ सानो छँदै कैयन् पटक काटेपनि । तर त्यो पलाइरह्यो । त्यसपछि उनले डाक्टरकहाँ गएर देखाए । तर त्यसको शल्यक्रिया उपचार गर्न धेरै रकम लाग्ने बताएपछि उनी हच्किए । अन्ततः स्थानीय एक अस्पतालमा उनको हालै शल्यक्रिया भयो र डाक्टरहरुले उनको टाउकोबाट सिङ काटेर फ्याँकिदिए ।

उनको टाउकोमा सिङ पलाएको समस्यालाई चिकित्साको भाषामा सेबासियस हर्न भनिन्छ । यो दुर्लभ रोग हो । उनको शल्यक्रिया गरी सिङ निकाल्नका लागि केही घण्टा लाग्यो । अन्ततः उनले सिङबाट छुटकारा पाए ।