2026-09-03 03:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाईंको दिशा पिसाबले बताउँछ, तपाईं धनी कि गरिब ?

कार्तिक १९, एजेन्सी | मानिसले आफ्नो समाजमा आफुलाई अब्बल देखाउनको निमित्त हरेक कामहरुमा फराक्तासा अपनाउने गर्दछन | यस्तो देखावटी रुपमा मात्र अब्बल नभई तपाइको दिसापिसाबबाटै तपाईंको आर्थिक सामाजिक स्तर पत्ता लगाउन सकिनेछ |

अष्ट्रेलियाको क्विन्सल्याण्ड विश्वविद्यालयको प्रयोगकशालामा वैज्ञानिकहरु अहिले यस्तै एउटा प्रयोगमा घोत्लिरहेका छन् | अष्ट्रेलियाको कूल जनसंख्याको २० प्रतिशत मानिसको मलमूत्रको नमूना त्यहाँ संकलन गरिएको छ | बिभिन्न ठाउँमा ढलहरुबाट मलमुत्र निकालेर विश्वबिद्यालयमा परिक्षण गरिरहेका छन् |

ती नूमनाहरुलाई अस्ट्रेलियाका विभिन्न समुदायका जनताको आहार, जिवनशैली तथा सेवन गर्ने औषधिको आनीबानीका बारेमा जानकारी प्राप्त गर्ने अचूकअस्त्र मानिएको छ | ती नमूनाहरु मध्ये सामाजिक आर्थिकरुपले सम्पन्न इलाकाहरुबाट संकलित दिसापिसाबको परीक्षणका क्रममा सम्पन्नशाली इलाका बस्ने मानिसहरुले पर्याप्त मात्रामा फाइबर, अमिला फलफूल तथा चिया कफी सेवन गर्ने गरेको देखिएको छ । शोधकर्ताका अनुसार धनी समुदायका मानिसहरुको आहारा बढी स्वस्थ हुने गरेको छ |

अनुसन्धानका अनुसार मानिसको मलमूत्रबाटै उसले गर्ने भोजन र अन्ततः उसको सामाजिक आर्थिक अवस्थाको बारेमा पत्ता लगाउन सकिन्छ । जस अनुसार धनी मानिसहरुको सहुदायमा खानामा फाइबरका साथै अमिला फलफूलहरुको खपत धेरै हुन्छ । उच्च आर्थिक सामाजिक हैसियत भएका समुदायमा चियाकफीको सेवन पनि उच्च हुने गरेको दिसाको परीक्षणबाट पत्ता लागेको छ |

दोश्रो अध्ययनका अनुसार स्नातक वा त्यो भन्दा माथिल्लो डिग्री हासिल गरेका मान्छेहरुले एस्प्रेसो वा ग्राउण्ड कफी बारम्बार सेवन गर्ने गर्दछन् । शोधकर्ताका अनुसार दिनहुँ कफी पिउँदा लाग्ने खर्च गर्ने क्षमताका साथै धनी अष्ट्रेलियालीहरुमा कफी पिउने संस्कृति दुबैको परिणाम हो यो |

त्यस्तै सामाजिक आर्थिक हिसाबले निम्न वर्गका मानिसहरुले दुखाई कम गर्ने औषधि ट्रामाडोल, उच्च रक्तचापको औषधि एटेनोल तथा प्रेगेबलिन जस्ता औषधिको खपत बढी गर्ने गरेको पाइएको छ । यी औषधिहरुको खपत बढी उमेरका तथा गरीब समुदायका मानिसमा बढी हुने गरेको छ ।

दिसापिसाब परीक्षणको यो नतिजाले असट्रेलियामा अहिले पनि आर्थिक सामाजिक असमानता रहेको देखाएको छ । यसअघि सन् २०१८ को एक अध्ययनले ओइसिडी देशहरुमध्ये अष्ट्रेलियामा धनी र गरीब बीचको खाडल बढी रहेको देखाएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही