मंसिर १०, एजेन्सी | नव विवाहितलाई लक्षित गर्दै अमेजनले ‘भर्जिनिटी पिल्स’ बेच्न थालेको छ | जसले गर्दा भारतमा अत्यधिक विरोध भएको थियो | ‘आइ–भर्जिन’ नाम भएको सानो क्याप्सुलमा अचम्मको ‘रगतको धुलो’ छ जुन मानिसको रगतजस्तै देखिन्छ |

आफू भर्जिन छु भनेर देखाउनका लागि प्रयोगकर्ताले यौन सम्बन्ध स्थापित गर्नु दुई घण्टा अघि आफ्नो योनीभित्र प्रवेश गराउनुपर्नेछ | अमेजनका अनुसार यो प्रयोग गर्दा कुनै पनि हानी नहुने र यो ‘उच्च गुणस्तरको रगत’ मज्जाले घोलिने छ |

यसअघि पनि अमेजनले यस्तै उत्पादन वर्षौंअघि देखि युरोपियन स्टोरमा जर्मनी कम्पनी भर्जिनियाकेयरसँग मिलेर नक्कली हाइमेनसमेत बेच्दै आएको छ | आइभर्जिन क्याप्सुल भारतमा ५० डलर (५ हजार ७ सय) प्रति प्याकेटमा बेचिएको बताइएको छ । तर अहिले यो विवादास्पद उत्पादन स्टोरबाट हटाइएको जनाइएको छ |

नव विवाहितलाई अमेजनले बेच्दै ‘भर्जिनिटी पिल्स’