2026-06-24 03:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलियाको आगलागी:हेलिकप्टरबाट १० हजार उँटलाई गोली हानेर मारिदै

2020-01-10

पुस २५, एजेन्सी | अष्ट्रलियामा विनासकारी आगोका कारण लाखौ जनावर बिस्थापित भइसकेका छन | पानि र खान नपाएर कारुणिक बनेका जीवजन्तुका तस्बिर सामाजिक संजालमा भाइरल भइरहेका छन् | केहि जीव त लोप हुने अवस्थामा समेत पुगेका छन् |

यस्तो अवस्थामा अस्ट्रेलियामा १० हजार उँटलाई गोली हानेर मार्ने आदेश दिइएको छ | सुख्खाग्रस्त क्षेत्रमा पानी बचाउनका लागि दक्षिणी अस्ट्रेलियामा १० हजार उँटलाई गोली हान्न लागिएको हो |  उँट मार्ने अभियान बुधबारबाट सुरु भएको छ | पेशेवर सार्पसुटरहरुले हेलिकप्टरबाट उँटमाथि गोली हानेका छन् |

 जंगली उँट पानीको खोजीमा गाउँमा पस्ने गरेकाकारण उँटहरुको हत्या गर्न लागिएको हो | पाँच दिन भित्रमा १० हजार उँट  मार्न आदेश दिइएको छ | जलवायु परिवर्तनमा पशुहरुले पनि योगदान पुर्याउने वैज्ञानिकहरुको भनाइ छ |

 एउटा उँटले वर्षदिनमा एक टन कार्वनडाइअक्साइड बराबरको मिथेन उत्सर्जन गर्ने गर्दछ | एक लाख जंगली उँटले ४ लाख कारले भन्दा धेरै वार्षिक हरितगृह ग्यास उत्सजर्न गर्दछन् | वन्यजन्तुविदहरुले  भने जनावरलाई  मार्न नहुने बताउंदै आएका छन् |

अष्ट्रलियामा उँटको बढ्दो संख्याको समस्याको रोकथाम गर्न नसके जंगली उँटको संख्या हरेक नौ वर्षमा दोब्बर हुने अष्ट्रलियाको राष्ट्रिय जंगली उँट व्यवस्थापन योजनाले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ