Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

समलिङ्गी श्रीमान् भएको थाहा पाएपछि ३१ बर्षे महिलाले गरिन आत्माहत्या

By kit

पुस २७, एजेन्सी | चीनको चोङ्गक्विङ्गकी एक महिलाले श्रीमान् समलिङ्गी भएको थाहा पाएपछि आत्महत्या गरेकी छन् | ३१ वर्षीया ति युवतीले स्नातक सम्म अध्ययन गरेकी थिइन् | उनको एक पुरुषसँग प्रेम सम्बन्ध बढ्दै गयो |

विवाह पश्चात श्रीमान समलिंगी भएको थाहा पाएपछि उनले आत्महत्या गरेकी हुन् | विवाह पछि उनका श्रीमानले उनलाई छिट्टै बेडमा सुत्न भने पछि उनलाई दुविधा पर्यो | त्यसपछि धेरैले श्रीमान् समलिंगी भएको समेत हुनसक्ने आसंका गरे | युवतीले आफ्नो श्रीमानको यौन चाहनाबारे सोधिरहिन,उनको कर पछि आफु समलिंगी भएको उनले बताए |

जब पुरुष रुदै आफूलाई मन परेकाले विवाह गरेको बताए | ती महिलाले श्रीमानलाई निकै दुःखी देखेपछि माफी समेत दिईन | ति महिलाले  श्रीमानको फोनमा अन्य पुरुषको मेसेज आएको समेत देख्न थालेपछि आफू समलिङ्गी भएको श्रीमानले स्विकार  गरे |

सम्बन्ध विच्छेद गर्ने निर्णय गरेकी ति महिलाले त्यसै दिन भवनबाट हाम फालेर आत्महत्या गरिन् | छोरीले आफ्ना श्रीमानले पुरुषलाई मात्रै मन पराउने र महिलालाई मन नपराउने भन्दै आफूलाई फोनसमेत गरेको महिलाका आमाबुवाले बताएका छन् |

महिलाका आमा–बुवाले छोरीको आत्महत्याका लागि ज्वाईं जिम्मेवार भएको बताए | श्रीमानले विवाह गर्ने बेला आफू समलिङ्गी भएको कुरा लुकाएकोकारण महिलाले आत्महत्या गरेको बताइएको छ |