2026-06-24 03:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपुरको दलदलेमा डुई टाउका भएको सर्प फेला

2020-01-28

माघ १४, काठमाडौँ | सर्प अनुसन्धानकर्ता रूपन्देहीका कमल देवकोटा र उनको समूहले दुईवटा टाउको भएको सर्प फेला पारेको छ | नवलपुरको दलदलेमा दुई टाउको भएको करेत सर्प फेला हो | करेत प्रजातीको दई टाउके भएको उक्त सर्प ६१ वर्षपछि विश्वमा दोस्रो पटक र नेपालमा पहिलोपटक भेटिएको अनुसन्धानकर्ता देवकोटाले दाबी गरेका छन् |


 उनका अनुसार दुई टाउके करेत भारतको उत्तर प्रदेशमा सन् १९५७ मा भीआर झाको समूह र नेपालमा सन् १९८३ मा दुई टाउको भएको जेनोक्रोफिस पिस्केटर (पानी सर्प) सर्प विज्ञ करनबहादुर शाहको समूहले फेला पारेका थिए। त्यसको नमुना काठमाडौंको प्राकृतिक विज्ञान संग्राहलयमा अहिलेपनि सुरक्षित छ।

दलदलेका जुद्धवीर श्रीस मगरले आफ्नो घर नजिकै उक्त सर्प देखेपछि त्यसलाई समातेर कालीगण्डकी अस्पताल र्पुयाएका थिए। त्यसलाई देवकोटाको समूहले अध्ययन गरेर सुरक्षितसाथ राखिएको सर्पदंश विज्ञ तथा अस्पतालका प्रमुख डाक्टर छबिलाल थापाले बताए। त्यस्तै, देवकोटाकै समूहले अविषालु जातको दुई टाउको भएको ओलिगोडन अर्नेंसिस (ब्यान्डड कुक्री) पनि फेला पारेको छ। उक्त सर्पको सामान्य अध्ययन गरी चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीको रहोबरमा जिउँदै छाडिएको रेन्जर सन्तबहादुर मगरले बताए।

‘दुवै सर्पको डिजिटल भौचर फोटो सिंगापुरको नेसनल युनिर्भसिटीस्थित ली कोग चेन प्रकृतिक विज्ञान संग्राहलयमा राखिएको छ,’ देवकोटाले भने, ‘ब्यान्डड कुक्रीको बारेमा तयार पारिएको विस्तृत अध्ययन अनुसन्धान अमेरिकाको रेप्टाईल एन्ड एम्फिबियन कन्जरभेसन जर्नलमा प्रकाशित हुने तयारीमा छ।’ दुईवटा टाउको भएको करेत सर्प अनुसन्धान सम्बन्धी लेख रेप्टाइल एन्ड एम्फिबियन कन्जर्भभेसन जर्नलमा प्रकाशित छ।

देवकोटा र उनको समूहले तीन वर्षदेखि तराईका रुपन्देही, कपिलवस्तु, नवलपरासी, चितवन, सर्लाही लगायतका जिल्लामा सर्पको अनुसन्धान गर्दै आइरहेको छ। रुपन्देही जिल्लामा मात्र २३ प्रजातीका सर्प भेटिएको उनले बताए। विश्व स्वास्थ्य संगठनको सन् १९८७ को तथ्यांक अनुसार यी जिल्लाहरुमा सर्पको टोकाइबाट वर्षेनी १ हजार भन्दा बढीको मृत्यु हुने गरेको छ।

‘तर, सर्पले टोकेको उपचारको औषधि त्यही सर्पकै विषबाट बन्छ भन्ने हाम्रोमा अझै जानकारी छैन,’ देवकोटाले भने, ‘त्यो जनचेतना मात्र जगाउन सकेपनि सर्पको टोकाइबाट मर्नेको संख्या कम गर्न सकिन्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ