पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>माघ २१,एजेन्सी | </b>बंगलादेशमा एउटा यस्तो अचम्मको घटना भएको छ | विज्ञानले पनि यो कुरालाई पुष्टि गर्न सक्दैन | एक महिला एक महिनाभित्रैमा तीन पटक आमा बनेकी छन् | कुनै पनि महिलाले एक महिनाभित्रैमा दुई पटक सुत्केरी भएर तीनवटा बच्चा जन्माएको घटना संसारमै पहिलो घटना हो |</p><p>आरिफा सुल्तान नाम गरेकी ति महिलाको उमेर २० वर्षको छ | आरिफाले नर्मल डेलिभरीबाट पहिलो बच्चा जन्माइन् | छोरा जन्माएर अस्पतालबाट घर फर्किएको २६ औं दिनमा उनको पेट अचानक दुख्न थालेपछि उनलाई चेकजाँचका लागि अस्पताल लगियो |</p><p>जब डाक्टरहरूले उनको पेटको अल्ट्रासोनोग्राफी गरे सबैजना छक्क परे | उनको पेटमा थप दुईवटा बच्चा थिए | उनको तत्कालै शल्यक्रिया गरी गर्भमा रहेका जुम्ल्याहा बच्चा बाहिर निकालियो | डाक्टरका अनुसार उनको शरीरमा दुईवटा गर्भाशय छन् |</p><p>पहिलो बच्चा र पछिल्लो पटक जन्मिएका जुम्ल्याहा छुट्टाछुट्टै गर्भाशयमा रहेका थिए | हाल आरिफा र उनका तीनवटै बच्चा पूर्ण रूपमा स्वस्थ छन् |</p>

