२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिनावारी जाँच्न भन्दै कलेजका ६८ छात्रालाई अण्डरवेयर खोल्न लगाएपछि…

२०७६, २ फाल्गुन शुक्रबार १२:०५

फागुन २, एजेन्सी | भारतको गुजरात स्थित एक कलेजले महिनावारी भए नभएको जाँच्न भन्दै छात्राहरूलाई कपडा खोल्न लगाएको छ | जरातको भुजस्थित सहजानन्द गर्ल्स कलेजका ६८ जना छात्रालाई अन्तरवस्त्र खोल्न दबाव दिइएको समाचार एजेन्सी एएनआईले जनाएको छ |

बिहिबार भएको उक्त घटनामा किशोरीहरूलाई होस्टेल रेक्टर अञ्जलिबेन र अर्की महिला शिक्षिकाले बाथरुममा लाइन लगाएर अण्डरवेयर खोल्न भनेका थिए। महिला रेक्टरले प्रिन्सिपल रिता रनिङ्गा समक्ष ’किशोरीहरूले महिनावारी नबार्ने र महिनावारी भएका बेलामा पनि भान्सामा छिरेर धार्मिक मान्यता उल्लंघन गर्ने गरेको’ गुनासो गर्दै आएकी थिइन् |

होस्टेलको नियम नमानेको भन्दै गालि गरेको र प्रिन्सिपललाई  डाकेर गालि गर्न लगाएको विद्यार्थीको गुनासो छ | प्रिन्सिपलले क–कसलाई महिनावारी भएको छ? भनेर सोधिन’, छात्रामध्येकी एक दुर्गा (नाम परिवर्तन)ले भनिन, ’हामीमध्ये महिनावारी भएका दुईजना अलग्गिएर अर्कातिर सर्यौँ |

त्यसपछि सबैलाई लाइन लगाएर बाथरुम लगिएको बताइएको छ | अञ्जलीबेन र अर्की महिला शिक्षिकाले अण्डरवेयर खोल्न लगाएको ति छात्राको भनाई छ | उक्त घटना प्रकाशित भएपछि चारैतिर आलोचना भएको छ |’आधुनिक, वैज्ञानिक र मूल्यमान्यतामा आधारित शिक्षा पद्धतिमार्फत आत्मविकास तथा शशक्तिकरण’ नारा भएको शिक्षालयमा यस्तो घटना हुनुलाई धेरैले लज्जास्पद भएको तर्क गरेका छन् |

अहिलेसम्म प्रहरीमा कुनै उजुरी परेको छैन। कलेज प्रशासनले अभिभावकलाई डाकेर ’इमोसनल ब्ल्याकमेल’ गरेकाले प्रहरीमा उजुरी नदिइएको एक छात्राले बताइन | घटनाबारे विद्यालयले भने कुनै प्रतिक्रया दिएको छैन | ’कलेज हातामा लक्ष्मीनारायणको मन्दिरसमेत भएकाले छात्राहरूलाई लक्ष्मीनारायण सम्प्रदायको नियम मान्न भनिएको थियो |' एक शिक्षिकाले भनिन | स्वामीनारायण सम्प्रदायमा महिनावारी भएका महिलालाई मन्दिर र भान्सामा छिर्न बन्देज गरिएको छ | उक्त क्षेत्रमा महिनावारी भएका बेला अरुलाई छुन नहुने मान्यता रहेको छ | होस्टेलमा बस्ने  ६८ जनालाई महिनावारी भए–नभएको परीक्षण गर्न अण्डरवेयर उतार्न भनिएको बताइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ