साउन १२ (एजेन्सी) । दक्षिणपूर्वी अफ्रिकी मुलुक मलावीमा सयभन्दा बढी बालिकासँग यौनसम्बन्ध बनाएका एड्स संक्रमित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

केही दिनअघि अन्तर्राष्ट्रिय संचारमाध्यममा उनका बारेमा समाचार प्रकाशित भएपछि राष्ट्रपति पिटर मुथारिकाले कानुनी कारवाहीका लागि निर्देशन दिएका थिए ।

समाचार एजेन्सीहरुका अनुसार रुढीवादी परम्पराका नाममा इरिक एनिभा नाम गरेका ती व्यक्तिले एक सयभन्दा बढी बालिकासँग ‘यौन शुद्धिकरण’का लागि भन्दै यौनसम्पर्क राख्दै आएका थिए । बालिकाका अभिभावकहरुले नै आफ्ना छोरी लिएर आउने गरेको उनको भनाइ थियो ।

यतिमात्र होइन, यौनसम्पर्कबापत उनले ४ देखि ७ डलर रकमसमेत लिने गरेका थिए । पहिलोपटक महिनावारी भएपछि ‘यौन शुद्धिकरण’ का नाममा यस्तो परम्परा बसालिएको स्थानीयको भनाइ छ ।

उनले आफूलाई एचआइभी संक्रमण भए पनि आफूसँग यौनसम्पर्कका लागि आउने बालिका तथा उनका परिवारलाई यसबारे जानकारी नदिएको समेत मिडियासमक्ष बताएका छन् । करिब ४० वर्षका एनिभाका दुई पत्नी छन् । (एजेन्सी)