Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विमान उड्ने बेला पखेटामा एक युवक बसेपछि..(भिडियो सहित)

By kit 3 मिनेट पढाइ

मंसिर २९, एजेन्सी | लास भेगसदेखि पोर्टल्याण्डको लागि उडान तय गरिएको अलास्का एयरलाइन्सको विमानको पखेटामा एक युवक बसेको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ | शनिबार ठिक विमान उड्नु भन्दा अगाडी उनी उक्त विमानको पखेटामा बसेको विमानस्थलका प्रवक्ताले बताएका छन् |

१३६७ फ्लाइट म्याकक्यारन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने तयारी गरिरहेको बेला विमान चालकले एक व्यक्तिलाई विमानमा चढिरहेको देखे र कन्ट्रोल टावरलाई यसबारे जानकारी दिएका थिए | लास भेगस महानगरीय प्रहरी विभाग र विमानस्थलका अधिकारीले ती व्यक्तिलाई हिरासतमा लिएको  विमानस्थलका प्रवक्ता जो राचेलले सीएनएनलाई बताएका छन् |

सामाजिक संजालमा देखिएको उक्त भिडियोमा ति युवक विमानको पखेटामा हिँडिरहेको र बसिरहेको देख्न सकिन्छ | त्यसपछि उनले उक्त पखेटाको चुच्चोतिर चढ्नका लागि आफ्ना मोजा र जुटा खोलेको देख्न सकिन्छ | प्रहरी अधिकारी  पुगेपछि ती व्यक्ति विङ्लेटबाट चिप्लिँदै तल झर्ने कोसिस गरेँ र भुइँमा पछारिएको भिडियोमा देखिएको छ | उनलाई विमानस्थल प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ |