Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

छिमेकीको कुकुरले खाइदियो मोडलको ओठ, उपचार गर्न ५ करोड लाग्ने

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौं,  एजेन्सी | कुकुरको आक्रमणको शिकार भएकी क्यालिफोर्नियाकी एक मोडलले करिब ५ करोड रुपैयाँ खर्च गरेर आफ्नो सर्जरी गराएकी छिन् । २२ वर्षकी ब्रुकलिन खौरी नामक यी मोडललाई एक आफन्तको कुकुरले माथिल्लो ओठ र नाकको तलको भाग खाइदिएको थियो । ब्रुकलिनका अनुसार यो घटना गएको वर्ष २०२० को नोभेम्बर ३ मा भएको थियो ।

मोडलका अनुसार उनीसँगै भउको कुकुरको टाउकोमा उनले सुम्सुम्याउँदा कुकुरले अचानक उनीमाथि आक्रमण गरेको थियो । ब्रुकलिनका अनुसार त्यस दिन उनले आफ्नो करिअरकै पहिलो टेलिभिजन विज्ञापन सुटिङ गर्ने कार्यक्रम थियो । तर, त्यही दिन कुकुरले आक्रमण गरेपछि उनले त्यो विज्ञापन त छोड्नु पर्यो नै उनलाई आफ्नो करिअर नै समाप्त भएको महसुस भयो किनकि कुकुरको आक्रमणले उनको अनुहार नराम्रोसँग बिग्रिइसकेको थियो ।

तर ब्रुकलिनले हिम्मत हारिनन् । उनले ओठ र नाकको सर्जरी गराउने निर्णय गरिन् । उनले यसको जानकारी आफ्नो युट्युब च्यानलमार्फत दिएकी छिन् । उनका अनुसार उनले घटनाको करिब १ वर्षपछि सर्जरीको लागि सही चिकित्सक पाइन् र सर्जरी गराइन् । क्यालिफोर्निया न्यूज टाइम्सका अनुसार सर्जरीको प्रक्रिया सुरु गर्ने बेलामा उनले भनिन् ‘म फेरि ठिक हुनको लागि तयार छु । मलाई आशा छ यो सर्जरीपछि मेरो पहिलेको मुस्कान फेरि आउनेछ । घाउका कारण मेरो करिअरमा जुन ब्रेक लाग्यो मलाई त्यसको दुःख छ ।’