पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>एजेन्सी | </b>भारतमा प्रेमिकाबाट धोका पाएका एक प्रेमीले प्रेमिकाको विवाह भइरहेको मण्डपमा पुगेर जबर्जस्ती सिन्दूर लगाइदिएका छन्। यज्ञमा दुलाहा र दुलही उभिरहेको बेलामा हुलहुज्जत गर्दै अनुहार छोपेका ती प्रेमीले दुलहीको निधारमा सिन्दूर हालेका थिए।<br></p><p>त्यसपछि उनलाई विवाहमा सहभागी मानिसहरूले समातेर बेस्सरी कुटेका थिए। हिन्दुस्तान टाइम्सले आफ्नो ट्विटर अकाउन्टमा यसको भिडियो अप्लोड गरेको छ। घटना एक साताअघि भएको बताइएको छ।</p>

