तीन हात, तीन खुट्टा भएको बच्चा जन्मिएपछि…

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

भारतको बिहारस्थित गोपालगञ्जमा शुक्रबार अचम्मको शिशुको जन्म भएको छ । यो बच्चा तीन हात, तीन खुट्टासहित जन्मिएको छ । यसबारे थाहा हुने बित्तिकै अस्पतालमा भीड उर्लिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

मोहम्मद रहिम अलीकी ३० वर्षीया श्रीमती रबिना खातुनलाई सुत्केरी व्यथाले च्यापेपछि उनलाई सामुदायिक स्वास्थ्य केन्द्रमा भर्ना गरियो । यहाँ उनको नर्मल डेलिभरीका बेला एउटा अचम्मको बच्चाको जन्म भयो । यो बच्चाका तीन खुट्टा र हात छन् ।

सीएचसीमा ड्युटीमा तैनाथ चिकित्सक डाक्टर आफताब आलमले सिन्ड्रोमका कारण यस्तो असाधारण शिशुको जन्म भएको हो, यस्तो एक लाख केसमा देखापर्छ । डाक्टरका अनुसार परिवारका सदस्यले अल्ट्रासाउन्ड पनि गराएका थिए तर रिपोर्टमा चिकित्सकले पनि यो देख्न सकेनन् ।

जन्मेको दुई घण्टापछि पनि बच्चालाई दुध खुवाउन नसकिएपछि शिशुको स्वास्थ्य बिग्रन थाल्यो । उनलाई सदर अस्पतालस्थित एसएनसीयूमा रेफर गरियो । डाक्टर आफताबका अनुसार बच्चाको स्थिति नाजुक छ तर उनी खतराबाट बाहिर छन् । एजेन्सी |

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply