2026-09-03 02:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पोर्नको लत’ले बर्बाद बनाएको एक युवतीको कथा

पुस १६, काठमाडौँ | केही व्यक्तिहरू पोर्न फिल्मको लतमा यति डुबेका हुन्छन् कि उनीहरूको यसबाहेक अरू कुनै कुरामा ध्यान नै जाँदैन। सामान्य दिनचर्यामा समेत पोर्नले डेरा जमाइसकेको हुन्छ। केही व्यक्तिहरू यो लतलाई लुकाएर पनि लुकाउन सक्दैनन्। जसले गर्दा कतिपयको व्यक्तिगत जीवन नै बर्बाद हुनसक्छ। यसै लतबाट पीडित एक महिलाले आफ्नो कथा सामाजिक सञ्जालमा सेयर गरेकी छन्।

ती महिलाले लेखेकी छन्, ‘आफ्नो पार्टनरसँगको यौन जीवन सुखमय बनाउन लागि मैले पोर्न हेर्न सुरु गरेँ। म पार्टनरसँग राम्रो याद बनाउन चाहन्थेँ। सबैभन्दा पहिले मलाई मैले गरेको काम सही छ कि छैन भनेर जान्ने इच्छा थियो। मैले पोर्न साइटहरू खोज्दै गएँ। मैले धेरै विकल्पहरू पनि भेटेँ। केही भिडियोहरूमा हिंसात्मक गतिविधिहरू पनि समेटिएका थिए। भिडियोमा जसरी महिलाले गतिविधि गरेकी थिइन् मलाई त्यस्ता गतिविधि सामान्य लाग्न थाल्यो।’

उनले अगाडि लेखेकी छन्, ‘मलाई नराम्रो लागेपनि मैले ‘कुल’ बनाउने चिज खोजिरहेकी थिएँ। म शारीरिक सम्पर्कलाई सपिङ गर्दा महसुस हुने खुशी जस्तो रूपमा अनुभव गर्न चाहन्थे। जसले मेरो पार्टनरलाई मोहित गरोस्। यौन सम्पर्कको समयमा मेरो पार्टनर जतिसुकै हिंस्रक होस् त्यसलाई चुपचाप सहनुपर्छ भन्ने लाग्थ्यो।’

उनले पोर्नले हरेक कुरालाई सहजै स्वीकार गर्नुपर्छ भन्ने गलत सोचको विकास गरिदिएको बताएकी छन्। उनी भन्छिन्, ‘मैले सुरुमा सम्बन्ध बनाएपछि नै मलाई नराम्रो लागेको व्यवहारलाई अस्वीकार गरिन। मैले मनमा यही कुरालाई राखेकी थिएँ कि पार्टनको हरेक हर्कत अस्वीकार नगरूँ। यसले मेरो यौन जीवन तहसनहस भएर गयो।’

बिस्तारै उनले यो गतिविधि सही नभएको महसुस गर्न थालेको बताइन्। उनले यस्ता शारीरिक सम्पर्कले ज्यान समेत जाने डर उनीमा बढ्न थाल्यो। उनले अगाडि भनिन्, ‘पोर्नको असर वर्षौंसम्म रहीरह्यो। मैले यसकारण आफूलाई असुरक्षित महसुस गर्न थालेँ। मैले हरेक हिंसालाई स्वीकार गरेका कुराहरूले मनमा नराम्रो अनुभव हुन थाल्यो। शारीरिक सम्बन्ध दुई जनाकै राजी खुसीमा सहर्ष स्वीकार गरेर माया बढाउने प्रक्रिया हो भन्ने कुरा मैले धेरै पछि मात्र बुझेँ। हरेक सम्बन्धमा सभ्य तरिकाले अगाडि बढ्नुपर्छ भन्ने कुराको ज्ञान प्राप्त गरेकी छु।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही