विवाहपछि किन मोटाउछन् युवा युवती ?

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

कमल बिक्रम जिसी, पुस २१, काठमाडौँ | सामान्य तौल भएका युवती विवाह पछि मोटाउने गरेको अध्ययनले बताएको छ। तथ्य हरुलाई हेर्दा हाम्रो समाजमा पनि यस्ता घटना भएकै हुन्छन् । साथी भाईहरुबीच बिहेपछि त मोटाइस् भन्ने प्रतिक्रिया दिने गरिएको सुनिन्छ । विवाहपछि किन मोटाउछन् त पातला मानिस यसबारे फरक मतहरु आउने गरेको भएपनि आधिकारिक कारणहरु धेरै छैनन् । फेमिली सिस्टम एण्ड हेल्थ जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार विवाह पछि थुप्रै महिला र पुरुषको तौल तेज रुपमा बढ्ने गर्दछ । यस्तै एक अनुसन्धानका अनुसार विवाहको ५ बर्षमा करिब ८२ प्रतिशत जोडीको तौल ५ देखि १० किलो बढ्ने गर्दछ । विशेषज्ञका अनुसार तौल बढ्नुमा हाम्रो परिवर्तित जीवनशैली र बडी चेन्ज नै हो ।  तर महिलाको मात्रै होइन, पुरुषहरुको पनि तौल बढ्ने गरेको हुन्छ। पारिवारिक झमेलाको बीच पनि धेरैजसो दम्पतीको विवाह भन्दा पहिलेको तुलनामा तौल बढी हुने गर्दछ । किन बढ्छ त विवाहपछि पुरुष र महिलाको तौल ? केही मानिसहरु विवाहको समयमा अरुलाई देखाउनकै लागि भएपनि आफ्नो तौल फिट राख्न चाहन्छन्। यसको लागि नियमित जिम जाने र अन्य अभ्यासको पनि साहारा लिने गर्छन्।

तर, धेरै मानिसहरु विवाहपछि ती नियमित जीवनशैलीलाई च्यात्तै छाड्ने गर्छन् । त्यसका कारण पनि शरीरको तौल पहिलेको तुलनामा धेरै हुने वा मोटोपन हुने गर्दछ। विवाहपछि दुबैको बीचमा कम्फर्ट जोन आउँछ । यसैबीचमा उनीहरु कति खाना खान्छु ? भनेर सोच्न छाड्छन् । केही महिना यस्तो हुँदा उनहरुको शरीरको तौल बढ्ने गर्दछ ।

अध्ययनका अनुसार युवतीहरु मोटाउनुको यस्ता छन् तथ्यहरु:

१. हर्मोनल चेन्ज

विवाह पछिको परिवर्तित दैनिकी र जीवनशैलीका कारण शरिरमा थुप्रै हर्मोनल चेन्ज हुने गर्दछ । यो तौल बढाउनका लागि जिम्मेवार हुनसक्छ ।

२. निन्द्रा नपुग्नु

विवाह पछि व्यस्त समय तालिकाका कारण थुप्रै मानिसहरु पर्याप्त निदाउन पाउँदैनन् । अध्ययनका अनुसार दैनिक ७–८ घण्टा राम्रोसँग नसुत्दा शरिरको मेटाबोलिजम कम हुने गर्दछ जसले तौल बढ्ने गर्दछ ।

३. तनाव

विवाह पछि जीवनमा आएको परिवर्तनका कारण मानिसहरु तनावमा हुन्छन् । यस्तो अवस्थामा भोक बढाउने हर्मोनको लेभल बढ्ने गर्दछ जसले तौल बढ्ने गर्दछ ।

४. सोचमा परिवर्तन

मानिसहरु विवाह पहिले राम्रो देखिनका लागि आफ्नो डाइट र फिटनेसमा पूरा ध्यान दिने गर्दछन् तर विवाह पछि जीवनशैलीमा परिवर्तन हुने भएका कारण यस्ता कुराहरु छुट्ने गर्दछ जसले तौल बढ्छ ।

५. दैनिकीमा परिवर्तन

एक्लै हुँदा आफूलाई फिट राख्नका लागि पर्याप्त समय निकाल्न सकिन्छ तर विवाह पछि प्राथमिकता परिवर्तन हुन्छ । मानिसहरु व्यायमको लागि समय निकाल्न सक्दैनन् । शारिरिक रुपमा निष्क्रिय हुने भएका कारण तौल बढ्ने गर्दछ ।

६. उमेरको असर

आजकाल धेरैजसो मानिस २८–३० वर्षमा सेटल भएपछि विवाह गर्दछन् । जबकी अध्ययनका अनुसार ३० वर्षपछि हाम्रो शरिरको मेटाबोलिजमको रेट कम हुन्छ जसका कारण तौल बढ्छ।

७. खानपानको प्रभाव

दैनिक खाने खानाले हाम्रो शरीरलाई कस्तो अवस्थामा राख्दछ त्यो कुरा निकै महत्वका साथ हेरिन्छ ।

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply