अमृतसहरमा १३ जना कोभिड संक्रमित क्वारेन्टिनबाट भागेपछि…

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

पुस २३, काठमाडौँ | इटालीबाट भारत आएका कम्तीमा १३ जना कोभिड–१९ संक्रमित संस्थागत क्वारेन्टिनबाट भागेका छन् । बुधबार अपरान्ह चार्टड फ्लाइटमा मिलानबाट १२५ कोभिड संक्रमित यात्रुहरू पञ्जाबको अमृतसहर आएका थिए ।

तीमध्ये ९ जना विमानस्थलबाट र अरू चारजना एउटा स्थानीय अस्पतालबाट भागेका नगर अधिकारी शेरजंग सिंहले बताए । उनीहरूविरुद्ध मुद्दा दायर गरिने प्रहरीले जनाएको छ । भारतमा शुक्रबार एक लाख भन्दा बढी संक्रमित भएको बताइएको छ । विज्ञहरू ओमिक्रोन भेरियन्टका कारण तीव्र रूपमा संक्रमण वृद्धि भएको ठान्छन् ।

इटालीबाट भारतका लागि भएको सो उडानमा कुल एक सय ६० यात्रु थिए । करिब १९ जना बालकालिका एवं शिशुको भने परीक्षण गरिएन ।टिभी फुटेजहरूले संक्रमितहरूलाई अस्पताल लान लामबद्ध एम्बुलेन्सहरू देखाएका छन् । सबै संक्रमितलाई अमृतसरको गुरु नानक देव अस्पतालमा भर्ना गरिएको अधिकारीले बताएका छन् ।

ती यात्रुहरू कसरी भागे भन्ने स्पष्ट भएको छैन । तर, उनीहरूले स्वास्थ्यकर्मीहरूलाई झुक्याएको हुन सक्ने अधिकारीको भनाइ छ । प्रहरीले उनीहरूको राहदानी रद्द गर्ने प्रक्रिया सुरु गरेको बताएको छ । “उनीहरू बिहानसम्म फर्किएनन् भने हामीले उनीहरूको फोटो पत्रिकामा छाप्छौँ र उनीहरू विरुद्ध मुद्दा दर्ता गर्छौं,” अमृतसहरका डेपुटी कमिसनर गुरप्रीत सिंह खेराले बताए ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply