पढ्न करिब 1 मिनेट लाग्छ

एजेन्सी | घरकै बगैँचाबाट चोरिएको कुकुरको ८ वर्षपछि आफ्नो पुरानो परिवारसँग पुनर्मिलन भएको छ ।

सन् २०१३ देखि हराएको कुकुरले पहिलो पटक आफ्नो पुरानो मालिकलाई भेट्दाको क्षण ससेक्स प्रहरीले आफ्नो क्यामरामा कैद गरेको छ ।

क्यासी नाम दिइएको ककर स्प्यानियल एक्लो थिएन । उनीसँग अन्य तीन साना कुकुर पनि थिए । ती साना कुकुर क्यासीकै भएको अनुमान गरिएको छ ।

क्यासीको परिवारलाई उनी (क्यासी) पहिलाको भन्दा भिन्न भएको हुनसक्ने भन्दै चेतावनी पनि दिइएको छ । तर क्यासीले आफ्नो पुरानो घरमा निकै राम्रो व्यवहार गरिरहेकी छिन् ।

उनको परिवारले भन्यो, ‘आठ वर्षपछि क्यासीलाई आफ्नो घरमा फिर्ता पाउँदा हामी असाध्यै आभारी छौँ । क्यासीले निकै राम्रो व्यवहार गरिरहेकी छिन् । उनी आफ्नो दैनिक डग वाकमा रमाइरहेकी छिन् ।’

‘क्यासीका अन्य तीन साना कुकुरले आ–आफ्नो घर पाइसकेका छन् । उनीहरु आफ्नो नयाँ परिवारसँग रमाइरहेका छन् ।’

गोप्य सुचनाको आधारमा आरएसपीसीएको मद्दतमा अधिकारीले क्यासीलाई नोभेम्बरमा छापा मार्ने क्रममा सुरक्षित पाएको थियो ।

क्यासीको परिवारले उनको फिर्तीलाई अमूल्य क्रिसमस उपहार बताएका छन् ।