Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चाँडै नै मानिसहरु १८० वर्षसम्म बाच्न सक्छन्, तर कहिलेदेखि ?

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पुस २८, काठमाडौँ । एजेन्सी । धेरै बाच्ने इच्छा कसलाई नहोला ? यसै इच्छालाई सत्यमा सावित गर्न वैज्ञानिकहरुले बिभिन्न प्रयास गर्दै आएका छन् ।

विश्वका धेरै मुलुकमा मानिसहरूको औसत आयु ६० देखि ६५ वर्ष रहेको छ । यसको मतलब मान्छेको आयुलाई १८० वर्षको बनाउन त्यति सहज पक्कै छैन । मेडिकल दुनियामा अहिले कयौं उपकरण छन् जसले मानिसको मृत्यु टार्न सक्छन् तर कयौं कोसिसको वावजुत पनि मानिसहरु लामो समयसम्म बाच्न सक्दैनन् ।

तर माथिको समस्याका कुराकै बीच एउटा दावी अगाडी आएको छ, वैज्ञानिकहरूले मानिसको आयु बढाउन लगातार नयाँ–नयाँ प्रयोग गरिरहेको अवस्थामा एक वैज्ञानिकले यस्तो सम्मको दाबी गरेका छन् कि चाँडै नै मानिस १८० वर्षसम्म बाच्न सक्छन् । तर यो तत्काल भने सम्भव छैन ।

अबको ८० वर्षमा मानिसको आयु १३० वर्ष सम्म हुन सक्ने ती वैज्ञानिकको दाबी छ । उनका अनुसार शताब्दीको अन्त्यसम्ममा मानिसको आयु १८० वर्षको हुन सक्नेछ यो अचम्म लाग्दो दाबी एचइसी मन्ट्रियलका प्राध्यापक लियो बेल्जिलले गरेका हुन् । सबैभन्दा बढी उमेरका व्यक्तिको जीवित रहेको रेकर्ड २१०० सम्ममा तोडिन सक्ने उनको भनाइ छ । हाल सबैभन्दा बढी उमेरसम्म जीवित रहेको रेकर्ड फ्रान्सकी जिन कालमेन्टको नाममा छ । उनको मृत्यु १२२ वर्षको उमेरमा १९९७ मा भएको थियो ।

लियो बेल्जिलका अनुसार यदि मानिस धेरै उमेरसम्म जीवित रहे भने कयौँ किसिमका समस्याहरू पनि साथमा लिएर आउन सक्छन् । जसमा शरीरका केही अङ्गले काम गर्न छाड्ने र चिकित्सा खर्च पनि बढ्ने उनको भनाइ छ ।