2026-09-03 02:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवकाशपछि मरेको मुसाको बन्यो संसारभरि समाचार !

एजेन्सी | मंगलबार पूर्वी एसियाली मुलुक कम्बोडियामा एउटा मुसाको मृत्यु भयो। मुसाको मृत्यु भएको केहीबेरमै संसारभरका प्रतिष्ठित सञ्चारमाध्यममा यो समाचारको विषय बन्यो।

मागावा नामको त्यो मुसाले बाँचुञ्जेल निकै ठूलो काम गरेको थियो। समाचार संस्था रोयटर्सका अनुसार सन् २०१४ मा अफ्रिकी मुलुक तान्जेनियामा जन्मिएको मागावालाई काम गर्नका लागि सन् २०१६ मा कम्बोडिया पठाइएको थियो।

उसको काम थियो- जमिनमूनि गाडिएका बिस्फोटक पदार्थ पत्ता लगाउने।

लामो समय गृहयुद्ध भोगेको कम्बोडियामा अहिले पनि जमिनमूनि गाडिएका बिस्फोटक पदार्थले थुप्रै मानिसको ज्यान लिने गरेका छन्। युद्धका समयमा गाडिएका ल्यान्डमाइन बिस्फोट हुँदा हजारौं मानिस अंगभंग भएका छन्। कम्बोडियाको जमिनमूनि रहेका बिस्फोटक पदार्थ पत्ता लगाउन मागावाले पाँच वर्ष काम गरेको थियो। यो अवधिमा उसले २४ लाख स्क्वायर फिट जमिनमा बिस्फोटक पदार्थ भए/नभएको खोजेको थियो। उक्त जमिनमा ७१ ठाउँमा ल्यान्डमाइन भेटिएका थिए।

मागावाको कामको सम्मानमा बेलायतको पशुपन्छीसम्बन्धी काम गर्ने संस्था पिडिएसएले सन् २०२० मा गोल्ड मेडल नै दियो। उक्त संस्थाले ७७ वर्षदेखि विभिन्न पशुपन्छीलाई अवार्ड दिँदै आएको छ। पिडिएसएको गोल्ड मेडल पाउने मागावा पहिलो मुसा हो।

मागावा गत वर्ष जुनमा कामबाट अवकाश भएको थियो। उसले गरेको कामको सम्मानमा उसलाई ‘हिरोर्‍याट’ उपनाम दिइएको थियो। अवकाशपछि पनि मागावा स्वस्थ नै थियो तर गत शनिबारदेखि उसको स्वास्थ्यमा समस्या आएको थियो।

युद्धग्रस्त र युद्धबाट तंग्रिएका क्षेत्रमा ठूलो मात्रामा जमिनमूनि बिस्फोटक पदार्थ भेटिने गरेका छन्। तर ठूलो भू-भागमा बिस्फोटक पदार्थ भए/नभएको पत्ता लगाउनु निकै कठिन काम हो। अनुसन्धानकर्ताहरूले त्यस्ता बिस्फोटक पदार्थ पत्ता लगाउन छिटो दौडिन सक्ने र सुँघ्ने क्षमता निकै बलियो भएका मुसालाई प्रयोग गर्न सकिने विधि पत्ता लगाएका थिए।

मागावालाई एपिओपिओ नामक संस्थाले तान्जेनियामा ल्यान्डमाइन पत्ता लगाउने तालिम दिएको थियो। ल्यान्डमाइन पत्ता लगाएबापत मुसालाई मन पर्ने खानेकुरा दिने लगायत विधि अपनाएर तालिम दिइन्छ। मुसाहरूले आधा घन्टामा दुई सय स्क्वायर फिटसम्म जमिन स्क्यान गर्न सक्छन् त्यही काम गर्न मानिसलाई चार दिनसम्म लाग्न सक्छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही