अर्को हप्ता १ किलोमिटर फराकिलो छुद्र ग्रह पृथ्वीको नजिकै आउने…

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

एजेन्सी | आउँदो मंगलबार अर्थात् जनवरी १८ मा अनुमानित १ किलोमीटर चौडा छुद्र ग्रह पृथ्वीको नजिकैबाट आउने  भएको छ । यो हाम्रो ग्रहको १२ लाख माइल अन्तरमा गुज्रने र प्रति घन्टा ४७ हजार ३४४ किलोमिटरको गतीमा चल्ने नासाको सेन्टर फर नियर अर्थ अब्जेक्ट स्टडिज ले जनाएको छ ।

पृथ्वीको नजिक  आउन लागेको यो छुद्र ग्रहलाई ७४८२ (१९९४ पीसी वान) नाम दिइएको छ । यसलाई नासाले सन् १९९४ मा पत्ता लगाएको थियो ।

७४८२ (१९९४ पीसी १)ले पृथ्वीलाई प्रहार गर्ने अपेक्षा भने गरिएको छैन । यद्यपि, नासाको अनुमान अनुसार अबको दुई शताब्दिसम्म पृथ्वीको नजिक आउने सबैभन्दा नजिकको क्षुद्रग्रह यही हो ।

यो पृथ्वीलाई हानी गर्ने गरी आउन लागेको सबैभन्दा ठूलो क्षुद्रग्रह होइन । ३१२२ फ्लोरेन्स (१९८१ इटी ३) नाम दिइएको एउटा क्षुद्रग्रह सन् २०१७ सेप्टेम्बर १ तारिखमा पृथ्वीको निकै नजिकबाट गुज्रिएको थियो । त्यो नजिकैबाट आयो तर २०१७ को सेप्टेम्बरमा पृथ्वीमा ठोकिनबाट जोगिएको थियो । उक्त छुद्र ग्रह अनुमानित २.५ माइलदेखि ५.५ माइलसम्मको फरकमा भएकामे अनुमान गरिएको छ । यसले सन् २०५७ सेप्टेम्बर २ तारिखमा पुनः यात्रा गर्ने बताइएको छ ।

यसैबीच ७४८२ (१९९४ पीसी १) लाई नांगो आँखाले भने देख्न सकिन्नँ । सौखिन खगोलविद्ले सानो दुरबीनको सहायतामा यसलाई देख्न सक्ने अर्थस्काई डट कमले जनाएको छ ।

यो वर्षको सेप्टेम्बरमा नासाको एयरक्राफ्टलाइ जानीजानी छुद्रग्रहसँग ठोकाइएको थियो । यसलाई एक छुद्र ग्रहले हान्दा हुने अवस्था पत्ता लगाउन यसो गरिएको थियो ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply