2026-10-23 03:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्को हप्ता १ किलोमिटर फराकिलो छुद्र ग्रह पृथ्वीको नजिकै आउने…

एजेन्सी | आउँदो मंगलबार अर्थात् जनवरी १८ मा अनुमानित १ किलोमीटर चौडा छुद्र ग्रह पृथ्वीको नजिकैबाट आउने  भएको छ । यो हाम्रो ग्रहको १२ लाख माइल अन्तरमा गुज्रने र प्रति घन्टा ४७ हजार ३४४ किलोमिटरको गतीमा चल्ने नासाको सेन्टर फर नियर अर्थ अब्जेक्ट स्टडिज ले जनाएको छ ।

पृथ्वीको नजिक  आउन लागेको यो छुद्र ग्रहलाई ७४८२ (१९९४ पीसी वान) नाम दिइएको छ । यसलाई नासाले सन् १९९४ मा पत्ता लगाएको थियो ।

७४८२ (१९९४ पीसी १)ले पृथ्वीलाई प्रहार गर्ने अपेक्षा भने गरिएको छैन । यद्यपि, नासाको अनुमान अनुसार अबको दुई शताब्दिसम्म पृथ्वीको नजिक आउने सबैभन्दा नजिकको क्षुद्रग्रह यही हो ।

यो पृथ्वीलाई हानी गर्ने गरी आउन लागेको सबैभन्दा ठूलो क्षुद्रग्रह होइन । ३१२२ फ्लोरेन्स (१९८१ इटी ३) नाम दिइएको एउटा क्षुद्रग्रह सन् २०१७ सेप्टेम्बर १ तारिखमा पृथ्वीको निकै नजिकबाट गुज्रिएको थियो । त्यो नजिकैबाट आयो तर २०१७ को सेप्टेम्बरमा पृथ्वीमा ठोकिनबाट जोगिएको थियो । उक्त छुद्र ग्रह अनुमानित २.५ माइलदेखि ५.५ माइलसम्मको फरकमा भएकामे अनुमान गरिएको छ । यसले सन् २०५७ सेप्टेम्बर २ तारिखमा पुनः यात्रा गर्ने बताइएको छ ।

यसैबीच ७४८२ (१९९४ पीसी १) लाई नांगो आँखाले भने देख्न सकिन्नँ । सौखिन खगोलविद्ले सानो दुरबीनको सहायतामा यसलाई देख्न सक्ने अर्थस्काई डट कमले जनाएको छ ।

यो वर्षको सेप्टेम्बरमा नासाको एयरक्राफ्टलाइ जानीजानी छुद्रग्रहसँग ठोकाइएको थियो । यसलाई एक छुद्र ग्रहले हान्दा हुने अवस्था पत्ता लगाउन यसो गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने