2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सम्बन्धका ८ प्रकार : तपाईंको सम्बन्ध कस्तो ? केवल शुद्ध प्रेममा के हुन्छ ?

January 21, 2022

व्यक्ति जो कोही अरूभन्दा फरक हुन्छ। अरूसँग मिल्ने केवल व्यक्तित्व हो। रोजाइहरू समान हुन सक्छन्। क्षमताहरू फरक फरक हुने गर्छ। जोसँग हाम्रो रोजाई समान हुन पुग्छ। त्यो मान्छे हामीलाई मन पर्छ। उसैसँग जीवन नै बिताउने सम्भावना पनि त्यत्तिकै हुन्छ। तर, त्यो सम्बन्धले पनि जोडीको व्यक्तित्वलाई चित्रित गर्ने गर्दछ। दुई जनाको जोडीमा जब एकै किसिमको सम्बन्ध हुन्छ। अनि मात्रै दीर्घकालीन सम्बन्धको सुरुवात हुन्छ। अक्सर प्रेमी र प्रेमिकाबीचको सम्बन्धहरू कस्तो कस्तो हुन्छ ? त्यो विषयमा हामीले व्याख्या गर्ने प्रयास गरेका छौं।

एक अर्कामा अभिन्न: संसारमा कुनै जोडी एक अर्कामा अभिन्न हुने खालका पनि देखिन्छन्। एकले अर्काको काममा सधैं निश्वार्थ भएर सहयोग गर्छन्। उनीहरू प्रेममा नै यति लीन हुन्छन् कि ती दुईबाहेक अरू कसैसँग पनि आफूहरूको सम्बन्ध नै हुँदैन जस्तो सोचाई आउने गर्छन्। उनीहरू अर्काको अभावमा आफूलाई नै अपूर्ण सम्झन्छन्।

आफैं भित्र भ्रमित: कुनै दम्पती वा प्रेम जोडीहरू कहिले झगडा त कहिले एक अर्काको आलिंगनमा रमाइरहेका हुन्छन्। एक दिन झगडा गरेका उनीहरू अर्को दिन सँगै कफी पिउँदै गरेको भेटिन्छ। नजिक हुँदा जति लडे पनि उनीहरू एक अर्कासँग कहिल्यै छुटिँदैनन्।

देखावटी प्रेम: कुनै जोडीहरू देखावटी प्रेमलाई नै वास्तविक सम्झने स्वभावका हुन्छन्। उनीहरू जहाँ भेट्यो त्यहीँ आफ्नो प्रेम देखाउन आतुर हुन्छन्। सार्वजनिक ठाउँमा नै चुम्बन गर्ने, नराम्रा हर्कतहरु गर्ने गर्छन्। यस्ता जोडीहरू लजालु जोडीको लागि भने समस्याका पात्रहरू हुन्। उनीहरू एक अर्काको प्रेमलाई खुल्ला रूपमा देखाउन चाहन्छन्। उनीहरू आन्तरिक रुपमाभन्दा बाहिरी प्रेम देखाउने प्रयासमा हुन्छन्।

प्रेमका कुरा: अफिसियल जोडीहरू अफिसमा सँगै काम गर्ने भए पनि उनीहरू खुल्ला रूपमा एक अर्काको सम्बन्धलाई सार्वजनिक गर्दैनन्। केवल उनीहरू कार्यालयको समय बित्ने प्रतीक्षामा प्रेम साँचेर राखेका हुन्छन्। एक अर्कासँग सँगै समय बिताउने इच्छा भए पनि कामको आचार र कार्यालयको नियमका कारण उनीहरू कार्यालय समयमा एक अर्कासँग प्रेमका कुरा गर्दैनन्।

भाग्यले नै जुराएका जोडी: केही जोडीहरू ब्राजिलका उपन्यासकार पालो कोएल्होको उद्धरण जस्तै गरी भेट भएका हुन्छन्। उनीहरू भाग्यले नै एक आपससँग भेट भएका हुन्छन्। एक पटक भेट भएपछि उनीहरू एक अर्कालाई मन पर्न थाल्छ। त्यसपछि उनीहरू कहिल्यै आफ्नो सम्बन्धप्रति विचलित हुँदैनन्। उपन्यासकार पालोले भनेका थिए ‘जब तपाईं केहीलाई चाहनुहुन्छ भने सारा ब्रह्माण्डले तपाईंलाई यो हासिल गर्न मद्दत गर्ने योजना बनाउँछ।’

बाल्यकालदेखि कै मित्र: धेरैको सम्बन्ध बाल्यकालदेखि नै जोडिएको हुन्छ। नेपाली समाजमा त कतिको सम्बन्ध जन्म पहिले नै निश्चित गर्ने प्रथा समेत पाइन्छ। कोही मानिसहरू जन्मैदेखि परेवाको जोडी जस्तै जोडिएका हुन्छन्। कोमल उमेरमा भेटेकाहरू निर्दोष प्रेमदेखि परिपक्व प्रेमसम्मको यात्रामा पुग्दा जीवनसाथीको रूपमा परिणत भइसकेका हुन्छन्। यो प्रेम पनि दीर्घकालसम्म अटुट हुने गर्दछ।

लाभदायक साथी: हामी सबैमा स्वभावैले यौन इच्छा जागृत हुने गर्दछ। सम्पूर्ण जीवहरूको लागि यो स्वाभाविक कुरा हो। केही मानिसहरू अर्को व्यक्तिसँग जोडिन डराउँछन्। तर, शारीरिक प्रेमको अनुभव गर्न चाहन्छन्। आफ्ना आवश्यकताहरूलाई पूरा गरेर एक अर्कालाई बिर्सने सम्बन्ध पनि धेरै हुन्छ। उनीहरू कुनै पनि प्रतिबद्धता वा अपेक्षा बिना नै शारीरिक सम्पर्कमा रहने गर्दछन्।

केवल सिद्ध: यस्ता मानिसहरू भेट्टाउन कठिन छ। तर, यस्ता पनि नहुने भने होइनन्। जो एक अर्कालाई प्रत्येक अर्थमा क्षितिजमा देख्न चाहन्छन्। उनीहरूसँग नै झगडा गर्छन् उनीहरूसँग नै झगडा गर्छन्। तर, त्यो आफ्नो साथीलाई प्रगति पथमा लम्काउनको लागि नै हुने गर्दछ। उनीहरू एक अर्कालाई औधी मन पनि पराउँछन्। तर, व्यक्त गर्न चाहँदैनन्। यो केवल शुद्ध, परोपकारी प्रेम हो।

माथि उल्लेख गरिएकामध्ये तपाईंहरुको जोडी कुन किसिमको छ ? भन्ने कुरा खासै फरक पर्दैन। यो पनि आवश्यक छैन कि सम्बन्ध माथि उल्लेख गरिएको नै हुन्छ भन्ने। कुनै पनि जोडी माथि उल्लेखित कुनै पनि श्रेणीमा नपर्ने सम्भावना पनि हुनसक्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ : हर्कराज राई सुनचाँदीको मूल्य घट्यो यदि कसैलाई नियतमा शङ्का छ भने छानबिन समिति बनाएर अध्ययन गर्दा हुन्छ: अर्थमन्त्री वाग्ले