२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेक्स पावर बढाउने भियाग्राको कहानीः भुल भुलैयामै अविष्कार भएका यी पाँच औषधी !

९ माघ २०७८, आईतवार ०९:११

एजेन्सी | क्रिष्टोफर कोलम्बस सुन र मसलाका लागि एसियाको खोजीमा घरबाट निक्लेका थिए । तर उनले पत्ता लगाए अमेरिका । यस्तै किसिमबाट विश्वभरी कयौँ औषधी  पनि गल्ती वा भूल भुलभुलैयामा पत्ता लागेका थिए । वैज्ञानिकहरु कुनै रोगको औषधीबारे   अनुसन्धान गरिरहेका थिए, तर उनीहरुले बनाए कुनै अर्को रोगको औषधी ।

डेनमार्कका वैज्ञानिकको एउटा टोलीले गर्भवती महिलालाई मलेरियाबाट बचाउन एउटा औषधी बनाउन काम गरिरहेका थिए । यो अवधिमा उनीहरुले मलेरियालाई प्यारासिटामोलबाट निस्कने प्रोटिनले क्यान्सर सेललाई मार्न सक्ने कुरा पत्ता लगाए । यसपछि विश्वमा क्यान्सर जस्तो रोगको उपचारका लागि एउटा आशाको किरण देखियो ।

यस्तै तरिकाले विश्वमा सेक्स पावर बढाउने भियाग्रासमेत पाँच औषधीको खोज भूलवश नै भयो । आउनुहोस्, यी औषधीका रोचक पक्षबारे जानकारी लिऔँः

सेक्स पावर बढाउने औषधी भियाग्राको कहानीः

सन् १९१८ अघि सेक्स पावर बढाउनका लागि विभिन्न किसिमका तरिका अपनाइने गरिन्थ्यो। कोही जडिबुटीबाट शक्ति पाउन चाहनन्थे त कोही बाघको मासु खान थाले ।

सन् १९१८ मा दुर्घटनावश भियाग्राको खोजी भयो । यसको कहानी पनि रोचक खालको छ । प्रयोगशालामा मुटुको बिमारीको औषधी खोज्ने समयमा अचानक रुपमा भियाग्राको खोजी भएको थियो ।

सन् १९९० मा अमेरिकाका वैज्ञानिकले मुटुको औषधीमा अनुसन्धान गरिरहेका थिए । वैज्ञानिकले औषधी बनाएपछि परीक्षणका लागि यो पुरुषलाई खुवाए । यो औषधी खुवाएपछि मानिसले आफ्नो शरीरको नसामा रगतको प्रवाह बढी  भएको पाए । यसबाट उनीहरुले आफ्नो यौनाङ्गको क्रियाशिलतामा पनि वृद्धि भएको पाए । त्यसपछि वैज्ञानिकले पुनः एक पटक यो औषधीमा अनुसन्धान गर्ने निर्णय गरे । पछि भियाग्रालाई नपुंसकता हटाउने औषधीको रुपमै बिक्री र प्रयोग गर्न थालियो । यसअघि यस किसिमको औषधी बजारमा नभएकाले फाइजर कम्पनीले बजारमा ल्यायो । यो औषधी बजारमा आउने बित्तिकै यसले बजारमा तहल्का मच्चायो ।

ब्याक्टेरिया मार्ने पेनिसिलिनको कहानीः

सन् १९१८ मा स्पेनिस फ्लू विश्वका कयौँ मुलुकमा फैलियो । यो रोगबाट बच्नका लागि वैज्ञानिक एलेक्जेन्डर फ्लेमिङ फोडेले घाँटीमा खसखस आउने औषधीको खोजी गरिरहेका थिए । यो औषधीको खोजीको समयमा गल्तीले उनले ब्याक्टेरिया मार्ने  औषधी पेनिसिलिनको आविष्कार गरे ।

एलेक्जेन्डरले औषधीको आविस्कारबारे स्मरण गर्दै भनेका थिए, ‘म केही दिनका लागि छुट्टीमा जाँदैथिएँ । प्रयोगशालाको झ्याल खुला थियो । छुट्टीबाट फर्किएपछि झ्याल खुला हुँदा एक्सपेरिमेन्टल प्लेटमा फोहोर जमेको थियो । साथै, त्यसबाट एक प्रकारको जुस निस्किरहेको थियो । ’

‘यो जुस वा मोल्डले ब्याक्टेरिया मारिरहेको थियो । यसरी एन्टिबायोटिक औषधी पेनिसिलिनको खोजी भयो । ’

पछि एलेक्जेन्डरले नोबेल पुरस्कार पनि पाएका थिए ।  अचानक रुपमा भएको खोजलाई जादुको औषधी भनियो ।

गर्भ निरोधक औषधीको कहानीः

सन् १९५० को अवधिमा यो औषधीको खोजी गरिएको थियो। मानिसलाई संक्रमणबाट बचाउन यो औषधीको खोजी गरिएको थियो । ल्याबमा वैज्ञानिकले संक्रमणको औषधीको अनुसन्धान गरिरहेका थिए ।  यही समयमा ल्याबमा एउटा यस्तो औषधीको खोजी गरियो, जसले महिलाको महिनावारीमा असर गर्न सक्ने क्षमता हासिल ग¥यो ।

औषधी बनाउने समयमा अनुसन्धानकर्तालाई लाग्यो कि उनीहरुले एउटा यस्तो औषधीको खोजी गरे जसलाई गर्भ निरोधकको रुपमा प्रयोग गर्न सकिने भयो ।

यो औषधी खानाले महिलाले कुनै पुरुषसँग सम्बन्ध राखेपछि पनि महिलामा गर्भ नबस्ने भयो ।

यो औषधीले शुक्राणु र अण्ड आपसमा मिलेपनि फर्टिलिटीको प्रक्रिया हुन दिँदैन  । यसबाट महिलाको महिनावारी रोकिन्न । आईयूडी उपकरण र कन्डम बिना पनि गर्भ नबस्ने भएकाले सन् १९५० मा यो गर्भनिरोधक चक्की व्यापक विक्री भयो ।

बेहोसीको औषधी एनेस्थिसियाको आविष्कारः

धेरै पहिले शल्यक्रिया गर्नुअघि बिरामीको टाउकोमा जोडले लठ्ठीले  हान्ने गरिन्थ्यो । यसबाट कयौँ बिरामीको मृत्युसमेत हुने गर्दथ्यो । पछि बिरामीको शल्यक्रिया भन्दा पहिले बिरामीलाई बेहोस गर्नका लागि जुन औैषधी बन्यो त्यसको नाम हो एनेस्थिसिया । यो औषधी बन्नुको कारण पनि व्यापक रोचक खालको छ ।

एनेस्थिया औषधीको खोज पनि होरेस वेल्सले सन् १८४४ मा गरेका हुन् । एक  पार्टीमा वेल्सले एक व्यक्तिले कुनै ग्यासको प्रभावमा आएर आफ्नो खुट्टा धारिलो हतियारले घाइते बनाउँदै गरेको देखे । उनको खुट्टाबाट रगत निस्किरहेको थियो । उनी बारम्बार आफ्नो घाउ बढाउँदै थिए ।

पछि उक्त व्यक्तिले रासायनिक ग्यासका कारण आफूलाई कुनै पनि दुखाई नभएको वेल्सलाई बताए । त्यसपछि नाइट्रस अक्साइड नामको यो ग्यासबाट होरेसले एनेस्थिसिया औषधी बनाए । केही समयपछि डब्लूएचओले यस औषधीलाई अत्यावश्यक औषधीको नाम दियो ।

डिप्रेसन निर्मूल पार्ने औषधी आई प्रोनियाजिद बनेको कहानीः

विश्वभरीमा डिप्रेशनका बिरामीका लागि प्रयोग हुने औषधी आइप्रोनियाजिदको खोज पनि अचानक नै भएको थियो ।

सन् १९५१ मा क्षयरोगको बिरामीको उपचारका लागि एक वैज्ञानिकले अनुसन्धान गरिरहेका थिए । वैज्ञानिकले जुन औषधीको खोजी गरे, त्यसलाई खानाले मानिसको स्वभाव अचम्मको देखिन थाल्यो ।

औषधी खाने व्यक्तिमा उच्च गतिविधि देखिन थालेको थियो । यस्तोमा उनले आफ्नो डाक्टरलाई पुनः अनुसन्धान गर्न आग्रह गरे र डाक्टरले पनि अनुसन्धनमा एकपटक पुनः विचार गर्ने फैसला गरे ।

यो औषधी खानाले सेरोटोनिन हर्मोन बढी मात्रामा बाहिर आउँछ जसका कारण मानिसले आपूmलाई खुसी महसुस गर्छन् । यसबाट वैज्ञानिकलार्इ यस्तो औषधी हात लाग्यो, जसले शरीरमा हर्मनलाई कम वा धेरै प्रवाह गरेर मानिसलाई डिप्रेशनबाट बाहिर निकाल्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल