सेक्स पावर बढाउने भियाग्राको कहानीः भुल भुलैयामै अविष्कार भएका यी पाँच औषधी !

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
5 Min Read

एजेन्सी | क्रिष्टोफर कोलम्बस सुन र मसलाका लागि एसियाको खोजीमा घरबाट निक्लेका थिए । तर उनले पत्ता लगाए अमेरिका । यस्तै किसिमबाट विश्वभरी कयौँ औषधी  पनि गल्ती वा भूल भुलभुलैयामा पत्ता लागेका थिए । वैज्ञानिकहरु कुनै रोगको औषधीबारे   अनुसन्धान गरिरहेका थिए, तर उनीहरुले बनाए कुनै अर्को रोगको औषधी ।

डेनमार्कका वैज्ञानिकको एउटा टोलीले गर्भवती महिलालाई मलेरियाबाट बचाउन एउटा औषधी बनाउन काम गरिरहेका थिए । यो अवधिमा उनीहरुले मलेरियालाई प्यारासिटामोलबाट निस्कने प्रोटिनले क्यान्सर सेललाई मार्न सक्ने कुरा पत्ता लगाए । यसपछि विश्वमा क्यान्सर जस्तो रोगको उपचारका लागि एउटा आशाको किरण देखियो ।

यस्तै तरिकाले विश्वमा सेक्स पावर बढाउने भियाग्रासमेत पाँच औषधीको खोज भूलवश नै भयो । आउनुहोस्, यी औषधीका रोचक पक्षबारे जानकारी लिऔँः

सेक्स पावर बढाउने औषधी भियाग्राको कहानीः

सन् १९१८ अघि सेक्स पावर बढाउनका लागि विभिन्न किसिमका तरिका अपनाइने गरिन्थ्यो। कोही जडिबुटीबाट शक्ति पाउन चाहनन्थे त कोही बाघको मासु खान थाले ।

सन् १९१८ मा दुर्घटनावश भियाग्राको खोजी भयो । यसको कहानी पनि रोचक खालको छ । प्रयोगशालामा मुटुको बिमारीको औषधी खोज्ने समयमा अचानक रुपमा भियाग्राको खोजी भएको थियो ।

सन् १९९० मा अमेरिकाका वैज्ञानिकले मुटुको औषधीमा अनुसन्धान गरिरहेका थिए । वैज्ञानिकले औषधी बनाएपछि परीक्षणका लागि यो पुरुषलाई खुवाए । यो औषधी खुवाएपछि मानिसले आफ्नो शरीरको नसामा रगतको प्रवाह बढी  भएको पाए । यसबाट उनीहरुले आफ्नो यौनाङ्गको क्रियाशिलतामा पनि वृद्धि भएको पाए । त्यसपछि वैज्ञानिकले पुनः एक पटक यो औषधीमा अनुसन्धान गर्ने निर्णय गरे । पछि भियाग्रालाई नपुंसकता हटाउने औषधीको रुपमै बिक्री र प्रयोग गर्न थालियो । यसअघि यस किसिमको औषधी बजारमा नभएकाले फाइजर कम्पनीले बजारमा ल्यायो । यो औषधी बजारमा आउने बित्तिकै यसले बजारमा तहल्का मच्चायो ।

ब्याक्टेरिया मार्ने पेनिसिलिनको कहानीः

सन् १९१८ मा स्पेनिस फ्लू विश्वका कयौँ मुलुकमा फैलियो । यो रोगबाट बच्नका लागि वैज्ञानिक एलेक्जेन्डर फ्लेमिङ फोडेले घाँटीमा खसखस आउने औषधीको खोजी गरिरहेका थिए । यो औषधीको खोजीको समयमा गल्तीले उनले ब्याक्टेरिया मार्ने  औषधी पेनिसिलिनको आविष्कार गरे ।

एलेक्जेन्डरले औषधीको आविस्कारबारे स्मरण गर्दै भनेका थिए, ‘म केही दिनका लागि छुट्टीमा जाँदैथिएँ । प्रयोगशालाको झ्याल खुला थियो । छुट्टीबाट फर्किएपछि झ्याल खुला हुँदा एक्सपेरिमेन्टल प्लेटमा फोहोर जमेको थियो । साथै, त्यसबाट एक प्रकारको जुस निस्किरहेको थियो । ’

‘यो जुस वा मोल्डले ब्याक्टेरिया मारिरहेको थियो । यसरी एन्टिबायोटिक औषधी पेनिसिलिनको खोजी भयो । ’

पछि एलेक्जेन्डरले नोबेल पुरस्कार पनि पाएका थिए ।  अचानक रुपमा भएको खोजलाई जादुको औषधी भनियो ।

गर्भ निरोधक औषधीको कहानीः

सन् १९५० को अवधिमा यो औषधीको खोजी गरिएको थियो। मानिसलाई संक्रमणबाट बचाउन यो औषधीको खोजी गरिएको थियो । ल्याबमा वैज्ञानिकले संक्रमणको औषधीको अनुसन्धान गरिरहेका थिए ।  यही समयमा ल्याबमा एउटा यस्तो औषधीको खोजी गरियो, जसले महिलाको महिनावारीमा असर गर्न सक्ने क्षमता हासिल ग¥यो ।

औषधी बनाउने समयमा अनुसन्धानकर्तालाई लाग्यो कि उनीहरुले एउटा यस्तो औषधीको खोजी गरे जसलाई गर्भ निरोधकको रुपमा प्रयोग गर्न सकिने भयो ।

यो औषधी खानाले महिलाले कुनै पुरुषसँग सम्बन्ध राखेपछि पनि महिलामा गर्भ नबस्ने भयो ।

यो औषधीले शुक्राणु र अण्ड आपसमा मिलेपनि फर्टिलिटीको प्रक्रिया हुन दिँदैन  । यसबाट महिलाको महिनावारी रोकिन्न । आईयूडी उपकरण र कन्डम बिना पनि गर्भ नबस्ने भएकाले सन् १९५० मा यो गर्भनिरोधक चक्की व्यापक विक्री भयो ।

बेहोसीको औषधी एनेस्थिसियाको आविष्कारः

धेरै पहिले शल्यक्रिया गर्नुअघि बिरामीको टाउकोमा जोडले लठ्ठीले  हान्ने गरिन्थ्यो । यसबाट कयौँ बिरामीको मृत्युसमेत हुने गर्दथ्यो । पछि बिरामीको शल्यक्रिया भन्दा पहिले बिरामीलाई बेहोस गर्नका लागि जुन औैषधी बन्यो त्यसको नाम हो एनेस्थिसिया । यो औषधी बन्नुको कारण पनि व्यापक रोचक खालको छ ।

एनेस्थिया औषधीको खोज पनि होरेस वेल्सले सन् १८४४ मा गरेका हुन् । एक  पार्टीमा वेल्सले एक व्यक्तिले कुनै ग्यासको प्रभावमा आएर आफ्नो खुट्टा धारिलो हतियारले घाइते बनाउँदै गरेको देखे । उनको खुट्टाबाट रगत निस्किरहेको थियो । उनी बारम्बार आफ्नो घाउ बढाउँदै थिए ।

पछि उक्त व्यक्तिले रासायनिक ग्यासका कारण आफूलाई कुनै पनि दुखाई नभएको वेल्सलाई बताए । त्यसपछि नाइट्रस अक्साइड नामको यो ग्यासबाट होरेसले एनेस्थिसिया औषधी बनाए । केही समयपछि डब्लूएचओले यस औषधीलाई अत्यावश्यक औषधीको नाम दियो ।

डिप्रेसन निर्मूल पार्ने औषधी आई प्रोनियाजिद बनेको कहानीः

विश्वभरीमा डिप्रेशनका बिरामीका लागि प्रयोग हुने औषधी आइप्रोनियाजिदको खोज पनि अचानक नै भएको थियो ।

सन् १९५१ मा क्षयरोगको बिरामीको उपचारका लागि एक वैज्ञानिकले अनुसन्धान गरिरहेका थिए । वैज्ञानिकले जुन औषधीको खोजी गरे, त्यसलाई खानाले मानिसको स्वभाव अचम्मको देखिन थाल्यो ।

औषधी खाने व्यक्तिमा उच्च गतिविधि देखिन थालेको थियो । यस्तोमा उनले आफ्नो डाक्टरलाई पुनः अनुसन्धान गर्न आग्रह गरे र डाक्टरले पनि अनुसन्धनमा एकपटक पुनः विचार गर्ने फैसला गरे ।

यो औषधी खानाले सेरोटोनिन हर्मोन बढी मात्रामा बाहिर आउँछ जसका कारण मानिसले आपूmलाई खुसी महसुस गर्छन् । यसबाट वैज्ञानिकलार्इ यस्तो औषधी हात लाग्यो, जसले शरीरमा हर्मनलाई कम वा धेरै प्रवाह गरेर मानिसलाई डिप्रेशनबाट बाहिर निकाल्न सक्छ ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply