2026-09-03 02:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवाहमा नाचेको भन्दै बेहुलाले थप्पड हानेपछि बेहुलीले गरिन् दुलाहाकै भतिजसंग बिहे

एजेन्सी | तमिल नाडुमा एउटा विवाह कार्यक्रममा बेहुलाले थप्पड हानेपछि बेहुलीले विवाह रद्द गरेकी छिन् । थप्पड खाएको झोंकमा आफ्नै दुलाहकै काकाको छोरासँग विवाह गरेकी छिन् । द टाइम्स अफ इन्डियाका अनुसार पानरुतीबाट पोस्टग्रयाजुयट गरेकी बेहुली र चेन्नइ फर्मका वरिष्ठ इन्जिनियरले यही २० जनवरीमा विवाह गर्ने योजना गरेका थिए । तर, विवाहको एक दिनअघि आयोजित कार्यक्रममा बबाल मच्चिएको थियो ।

सो दिन जोडी र उनीहरुका परिवार कार्यक्रममा सहभागी भएका थिए । नाँचगानसहितको कार्यक्रममा डीजे र डान्स फ्लोरको पनि व्यवस्था थियो । बेहुलाको भाइ नआउने बेलासम्म बेहुला बेहुली सँगै नाँचेका थिए । उनीहरु नाँचिरहेका बेला अचानक बेहुलाका भतिजा पनि सहभागी भएका थिए । 

भतिजाले बेहुलीको हात र बेहुलाको काँध समाएर नाच्न थालेपछि बबन्डर मच्चिएको थियो । त्यसपछि बेहुलाले दुबै जनालाई धकेलेर बेहुलीको गालामा थप्पड हानिदिएको दुलहीका अभिभावकले गुनासो गरेका छन् ।

सार्वजनिक स्थलमा आफूलाई थप्पड हानेपछि बेहुलीले तत्काल विवाह रद्द गर्ने निर्णयमा पुगेकी थिइन् । बेहुलीका अभिभावकले पनि उनको निर्णयलाई समर्थन जनाएका थिए । आफ्नो छोरी कुटिएपछि बेहुलीका बाबुले दुलाहा पक्षलाई तत्काल कार्यक्रमस्थलबाट जान आदेश दिएका थिए ।

सो घटनापछि बेहुलीका परिवारले भिल्लुपरम जिल्लाको जिन्जी निवासी उनै दुलाहाका भतिजासँग विवाह गराइदिएका थिए । यसैबीच, असन्तुष्ट बेहुलाले पानरुती प्रहरी चौकीमा ७ लाख भारु क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही