2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिम्पाञ्जीको प्रेममा पागल एक युवती

माघ २७, काठमाडौँ । चिम्पाञ्जीको प्रेममा एक युवती पागलजस्तै बनेकी छिन् । बेल्जियमबाट बाहिरिएको एक खबरअनुसार एउटी महिलालाई चिम्पाञ्जीको यतिसम्म लत लाग्न थाल्यो कि दुवैमा प्रेमी–प्रेमिकाको सम्बन्ध नै बन्यो ।

युवा अवस्थामा हरेक व्यक्ति आफ्नो मन मिल्ने विपरीत लिंगी साथीलाई मनपराउँछ, प्रेम गर्छ, यो एउटा समान्य कुरा हो । तर, एक मानव र पशुबीचको प्रेम सम्बन्ध हुनु भनेको अनौठो कुरा हो ।यस्तै एउटा कुरा बेल्जियममा घटेको छ ।

तर, अन्ततः यी दुईलाई अलग गर्न चिडियाखानाका कर्मचारीले ती महिलालाई आउन प्रतिबन्ध लगाउनुपर्यो ।

डेली स्टारको समाचारअनुसार एउटा चिम्पाञ्जी बेल्जियमको एन्टर्वप चिडियाखानमा बस्छ । यस चिडियाखानामा एडी टिमरम्यान्स नामकी महिला चिम्पाञ्जीलाई भेट्न आउने गर्थिन् ।

चिम्पाञ्जीलाई भेट्न आउने क्रममा ती महिला चिम्पाञ्जीसँग प्रेममा परिन् । त्यसपछि, हरेक हप्ता भेट्न आउन थालिन् । ती महिला विगत ४ वर्षदेखि हरेक हप्ता चिम्पाञ्जीलाई भेट्ने गर्थिन् र बिस्तारै ३८ वर्षीय चिम्पाञ्जीको प्रेममा परेकी थिइन् ।

यसकारण रोकियो महिलालाई

रिर्पोटका अनुसार चिम्पाञ्जी ती महिलाको प्रेममा परेको थियो । ती महिला चिडियाखाना आउनेबित्तिकै सबै आफ्ना साथीहरूलाई छाडी उनीकहाँ आउने गर्थ्यो।दुवैले एक–अर्कालाई फलाइङ किस गर्थे ।

विगत केही सातादेखि यो क्रम जारी थियो । तर, अहिले ती महिलालाई चिडियाखानमा आउन रोक लगाइएको छ ।

चिडियाखानाका कर्मचारीका अनुसार चिम्पाञ्जीहरू मानिससँग धेरै नजिक हुदा आफ्ना साथीहरूलाई बिर्सछन् । जसका कारण उनीहरू छुट्टिएर बस्ने सम्भावना धेरै हुन्छ । त्यसैले, महिलालाई आउन प्रतिबन्ध लगाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन