११ बैशाख २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् सर्वाधिक लामो जिब्रो भएका भारतीय

१६ चैत्र २०७८, बुधबार ०८:४३

चैत १६, नयाँ दिल्ली । इन्डिया बुक अफ रेकर्ड्सका अनुसार तमिलनाडुको विरधुनगरको थिरुथंगलका २१ वर्षीय के प्रवीणको जिब्रो १०.८ सेन्टिमिटर लामो छ । सम्भवतः उनको जिब्रो विश्वकै सबैभन्दा ठूलो हो । यद्यपि, यसको पुष्टि हुन बाँकी छ । युनिभर्सिटी अफ इडनवर्गअनुसार औसत पुरुषको जिब्रो ८ दशमलब ५ सेन्टिमिटर हुन्छ । यस हिसाबले उनको जिब्रो औषतभन्दा साढे दुई सेन्टिमिटर लामो हो । 

आफ्ना साथी र परिवारलाई देखाउन थालेपछि प्रवीणलाई आफ्नो जिब्रो साथीहरुकोभन्दा ठूलो लागेको थियो । त्यसपछि उनले जिब्रोबाट नाकको टुप्पोलगायत शरीरका अन्य अंग छुन थाले । झन्डै उनले आखाँ छुन्छन् ।

रकम अभावमा उनले आफ्नो जिब्रो आधिकारिक रूपमा गिनिज रेकर्डबाट मापन गर्न सकेनन् । तर, देशकै सबैभन्दा लामो जिब्रो भएको भन्दै उनले आफ्नो नाम भारतको लिम्का बुक अफ रेकर्डमा भने दर्ता गराउन सफल भएका छन् ।

केही वर्षअघि प्रवीणले एक मिनेटमा २१९ पटक जिब्रोले नाक छोएपछि एसिया बुक अफ रेकर्डमा नाम लेखाउन सफल भएका थिए ।

गिनिज रेकर्डअनुसार हाल क्यालिफोर्नियाको सालिनासका निक स्टोबर संसारकै सबैभन्दा ठूलो जिब्रो भएका व्यक्ति हुन् । उनको जिब्रोको लम्बाई १० दशमलब १ सेन्टिमिटर छ । योे प्रविणको भन्दा ० दशमलब ८ सेन्टिमिटर छोटो हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको ढुंगेअड्डामा गुडिरहेको बसमा आगलागी बाँकेको जिल्ला प्रशासन कार्यालयमा टोकन प्रणाली पहिरोले मकालु र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध राष्ट्रियसभालाई निकास दिने थलोका रूपमा विकास गरिनुपर्छ : अध्यक्ष दाहाल विद्यालय सञ्चालन गर्न गाउँपालिकाको आग्रह शुक्लाफाँटाका दुई हजार ५५२ किसान सूचिकृत कोवाङ–जोमसोम सडक अन्तर्गत घरपझोङमा सडक स्तरोन्नति गर्न माग कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम ‘राष्ट्रको आवश्यकता र जनताको माग अनुसारका विकासमा जोड दिनुपर्छ’ लोकतन्त्र दिवस : एमालेको युवा महोत्सव राप्रपाद्वारा जम्मुकश्मिरको घटनाप्रति दुःख व्यक्त ‘लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुन्छ’ भारतीय विद्युत्मन्त्रीको मुक्तिनाथ दर्शनले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग एनआरएनए अस्ट्रेलियाको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि आज लोकतन्त्र दिवस आजदेखि विश्व खोप सप्ताह, आजै ‘इन्टरनेशनल गर्ल्स आइसिटी डे’ सामाजिक रुपान्तरणमा अध्यक्ष नेपालको जोड ‘लोकतन्त्रलाई सुदृढ बनाऔँ’ विपन्नलाई घर बनाउँदै भरतपुर महानगर