'समाचार पनि के हावा तालको लेख्छ' यो अनलाइनले भनेर सोसियल पेजमा लेख्ने हाम्रा पाठकहरुलाई फेरी अर्को समाचार छ । जो झट्ट शिर्षक पढ्दा अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... 'समाचार पनि के हावा तालको लेख्छ' यो अनलाइनले भनेर सोसियल पेजमा लेख्ने हाम्रा पाठकहरुलाई फेरी अर्को समाचार छ । जो झट्ट शिर्षक पढ्दा अ"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

१७ बर्षीय अभागी प्रेमी जो प्रेमिकाको टोकाईबाट मरे

१७ भाद्र २०७३, शुक्रबार १०:०६

'समाचार पनि के हावा तालको लेख्छ' यो अनलाइनले भनेर सोसियल पेजमा लेख्ने हाम्रा पाठकहरुलाई फेरी अर्को समाचार छ । जो झट्ट शिर्षक पढ्दा असत्य लाग्न सक्छ तर यस समाचार भित्र यथार्थता छ । 

समाचार अमेरिकाको न्यु मेक्सिकोको हो । जहाँ प्रेममा परेका जोडीहरु एकअर्कामा मायाँमा लिन बन्दैगर्दा प्रेमिकाको तर्फबाट 'लभ बाइट' अर्थात मायालु टोकाईको अवस्था आयो । तर प्रेमिकाको त्यो मायालु टोकाईनै प्रेमीको लागि कलिलो उमेरमै मृत्युको कारण बन्यो ।

कुनैपनि गर्लफ्रेन्डले आफ्नो मायालु प्रेमीलाई मरोस् भनेर त किन टोक्छीन् होला र ? तर उनको टोकाईकै कारण अभागी प्रेमीको १७ वर्षकै उमेरमा ज्यान गुम्यो । न्यु मेक्सिकोमा बस्ने १७ वर्षीय जुलियो गोन्जोलज आफ्नी २४ बर्षीया प्रेमिकाको साथ डेटिंगमा थिए । डेटिंगकै क्रममा उनीहरुबीच मायालु टोकाई भएको थियो ।  डेटिंगपछी घर आएका ति युवा आफ्नो परिवारसँगै डिनर लिनका लागि घरमा बसेका थिए । अचानक उनको शरीरमा ऐठन भयो । अचानक उनलाई तीब्र रुपमा दुखाईको महशुष भयो । उनलाई तत्कालै अस्पताल पुर्याइयो तर डाक्टरहरुले उनलाई बचाउन सकेनन् ।

डाक्टरहरुको अनुसार साधारण टोकाईकै कारण गोन्जालेजको गर्धनमा रगत जमेको थियो । उक्त जमेको रगत उनको मस्तिष्कसम्म पुगेपछी उनलाई मस्तिष्कघात भयो र उनको मृत्यु भयो । गोन्जालेजको मृत्युपछि उनकी प्रेमिका फरार रहेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव