Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

३२४ वर्ष पुरानो किताबमा भेटियो एलियन्सका प्रमाण,कस्ता हुनसक्ने ?

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

जेठ १०, काठमाडौँ | एजेन्सी | बेलायतमा १७ औँ शताब्दिमा देखिएको एक दुर्लभ किताब भेटिएको छ । यसमा शनि र वृहस्पतिमा अर्को संसार भएको कुरा गरिएको छ । यो किताबमा लेखिएका कुरामा सायद कसैले विश्वास गर्लान् तर ३२४ वर्ष अघि लेखिएको यो किताबमा एलियन्स र अर्को दुनियाँमाथि विश्वास गर्नेहरुले चर्चा परिचर्चा गर्ने गर्छन् । किताब छिटै नै लिलामीमा बेचिने बताइएको छ ।

यो किताब सन् १६९८ मा डच गणितिज्ञ, भौतिक विज्ञानी, खगोलशास्त्री क्रिस्टियान ह्यूजेन्सले लेखेका थिए । उनीहरुले प्रश्न सोधेका थिए, ‘के भगवानले अन्य ग्रहलाई पृथ्पीबाट हेर्नका लागि मात्रै बनाउनेछन् ? यसको कुनै न कुनै उद्देश्य पक्कै पनि हुनुपर्छ र त्यो उद्देश्य हो – जीवन ।’

अन्य दुनियाँबारे धेरै कुरा बताइएको छः

किताबको मूल्याङ्कन गर्ने जिम स्पेन्सरका अनुसार दोस्रो ग्रहका मानिस कस्ता देखिन्छन्, उनीहरुले आफ्नो समय कसरी बिताउलान्, यहाँसम्म कि उनीहरुको सङ्गीत कस्तो होला भन्ने जानकारी दिने कोसिस गरिएको छ ।

उनले भने, ‘यो ठट्टा जस्तो लाग्छ तर यसलाई वैज्ञानिकले तर्कसँग जोडेर भनिरहेका छन् ।’

सङ्गीतका शौखिन छन् अर्को ग्रहका जीव

किताबमा लेखिए अनुसार अर्को ग्रहका यी जीवले जसलाई पनि समात्न सक्छन्, जे पनि फ्याँक्न सक्छन्, यहाँसम्म कि जमिनबाट सानोभन्दा सानो चिज उठाउन पनि सक्छन् ।

तिनीहरुका खुट्टा अचम्मका हुन्छन् । कहिलेकाँही त तिनीहरु उड्न पनि सिक्छन् ।’

ह्युजेन्सले लेखे अनुसार तिनीहरु स्पष्ट रुपमा निकै बुद्धिमान छन् । तिनीहरु खगोलविद र मास्टर नेभिगेटर हुनसक्छन् । विशेषगरी वृहस्पति र शनिमाथि । तिनीहरु समाजमा बस्छन् र सामाजिक सुखको पनि आनन्द लिन्छन् जस्तै कुराकानी, प्रेम, ठट्टा । तिनीहरुले पनि हामीले झैँ सङ्गीतको आनन्द लिन्छन् र सङ्गीतको वाद्ययन्त्र पनि पक्कै पनि बजाउँछन् ।

आफ्नो किताबमा उनीहरुले यो पनि लेखेका छन् कि वृहस्पति र शनिका जीवले दुर्भाग्य, युद्ध, कष्ट, गरिबीको सामना गर्नुपर्नेछ ।

जिम स्पेन्सरका अनुसार यो किताब भिन्न छ जुन वास्तवमा यो दुनियाँभन्दा बाहिरको कुरा गर्छ । यो किताब ५ जुलाईमा स्टेफोर्डशायरमा हेन्सन्स लाइब्रेरीको लिलामीमा बेचिने तयारीमा छ । यसको मूल्य करिब २५ सय डलर (३ लाख रुपैयाँ) ३७५० डलर (४ लाख ६५ हजार रुपैयाँ) हुनसक्छ ।