पढ्न करिब 1 मिनेट लाग्छ

जेठ २७, काठमाडौँ | युरोपको सबैभन्दा ठूलो मांसाहारी डाइनाेसर बेलायतको आइल अफ वाइटमा फेला परेको छ । जीवाष्महरूको अध्ययन गर्ने प्यालेओन्टोलोजिस्टहरूले इङ्ल्यान्डको चट्टानी समुन्द्री किनारमा करोडौं वर्ष पहिलेको डायनासोरको कंकालका अवशेषहरू फेला पारेका हुन् ।

मासु खाने प्रजातिको उक्त डाइनाेसर युरोपमा भेटिएका कुनै पनि जनावरभन्दा ठूलो हुन सक्ने बताइएको छ । रिपोर्टहरूका अनुसार उक्त डाइनाेसर युरोपमै सबैभन्दा ठूलो मांसाहारी डायनासोरकै प्रजाति हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराका अनुसार प्यालेओन्टोलोजिस्टले बिहीबार (जुन ९) मा डाइनोसरको कंकालका भागहरू फेला पारेका थिए । जुन १२५ मिलियन वर्ष पहिले थियो । अवेशषहरूमा पछाडिको हड्डी, कम्मर र पुच्छर तथा केही खुट्टाका टुक्राहरू थिए, तर खोपडी वा दाँत थिएनन् ।

भेटिएका अवशेषहरूको आधारमा उक्त डाइनोसरको लम्बाई १० मिटर वा ३३ फिट हुनुपर्छ ।