Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

‘हल्क’ बन्न लगाए खतरनाक इन्जेक्सन, जन्मदिनको दिनमै भयो मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २०, काठमाडौँ | एजेन्सी | पछिल्लो समय जीम गएर शरीर सुन्दर बनाउने फेशन नै बनिसकेको छ ।

आफ्नो शरीर सुन्दर तथा आकर्षक बनाउन मानिस कुनै हालतमा पछि हट्दैनन् ।

जसले गर्दा कहिलेकाहीँ दुःखद् घटना समेत घट्न पुग्छ ।

हालै ब्राजिलमा एक यस्तो घटना घटेको छ, जसले आफ्नो शरीरलाई आकर्षक बनाउन खोज्दा मृत्युको शिकार हुनुपरेको छ ।

ब्राजिलको एक बडिबिल्डर र टिकटक स्टार वाल्दिर सेगातोले मसल्स बढाउने दौडमा मृत्युको शिकार बनेका छन् ।

‘हल्क’ नामे परिचित ती ब्राजिलियन नागरिकले २३ इन्चको बाइसेप्स बनाउनका लागि एक खतरनाक आयल इन्जेक्सन लगाए ।

जसका कारण रिबेराओ प्रेटोमा ५५ औँ जन्मदिनको दिनमै उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार एजेन्सीहरूले बताएका छन् ।

डेली मेलका अनुसार, व्लादिरले २०१६ मा आफूलाई अझै धेरै बाइसेप्स चाहिएको बताएका थिए ।