2026-09-03 01:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब १५ वर्षीय किशोरले मुत्रनलीमा यूएसबी केबल हालेपछी …

भदौ २२, काठमाडौँ | एक १५ वर्षिय किशोरले मुत्रनलीमा यूएसबी केबल हाल्दा उनलाई डाक्टर कहाँ लैजानुपरेको र शल्यक्रिया गरेर उनको ज्यान जोगिएको छ।

बेलायती अनलाइन मिरर डट यूकेको रिपोर्टअनुसार केटाको लिंग भित्र यूएसबी केबल अड्कियो, त्यसपछि उनको शल्यक्रिया गर्नुपर्यो।

रिपोर्टमा बताईएअनुसार १५ वर्षीय केटाले कथित रूपमा यूएसबी केबलमार्फत आफ्नो गुप्तांग भित्रबाट नाप्ने प्रयास गरिरहेको थियो। यो अनौठो ‘सेक्‍सुअल एक्‍सप‍ेरिमेन्ट” मा युएसबी केबल केटाको लिंगमा अड्कियो र यसलाई निकाल्न असम्भव भयो।

तारमा गाँठो हुने र त्यसमा फसेका कारण युवकको पिसाबमा रगत आउन थाल्यो । अन्ततः उनको आमाले घटना थाहा पाएर उनलाई अस्पताल लगेकि थिईन्। त्यहाँ केटाले जानाजानी केबल हालेको स्वीकार गरेको बताइएको छ।

यो घटना कहिले भएको हो थाहा छैन, तर यो अनौठो घटना नोभेम्बर २०२१ मा युरोलोजी केस रिपोर्टमा रेकर्ड गरिएको थियो। डाक्टरहरूले साइन्स डाइरेक्ट रिपोर्टमा लेखेअनुसार यूएसबी केबलको दुईवटा डिस्टल पोर्टहरू बाहिरी मूत्रमार्ग मेटसबाट बाहिर निस्किएको पाइएको थियो, जबकि तारको बीच भाग मूत्रमार्ग भित्रै फसेको थियो।

उनीहरूको रिपोर्टमा, डाक्टरहरूले बिरामी मानसिक स्वास्थ्य विकारको इतिहास नभएको एक फिट र स्वस्थ केटा थियो भन्ने उल्लेख छ। केबुलभित्र गाँठो बनेकाले पिसाबमार्गमा अड्किएको केबुललाई धातुको रडको सहायताले हटाउन डाक्टरले सकेनन्। यस्तो अवस्थामा उनले ति किशोरको शल्यक्रिया गर्नुपर्यो।

सर्जिकल टोलीले केटाको गुप्तांग र गुदद्वारको बीचमा चीरा बनायो, जसले गर्दा उसको भित्र फसेको केबुलहरूमा पहुँच गर्न सकियोस्। शल्यक्रिया सफल भयो र तारको दुबै छेउलाई बाहिरी मूत्रमार्गबाट ​​सफलतापूर्वक बाहिर निकालियो।

ति किशोर पनि शल्यक्रिया पछि छिटो निको भएको बताईएको छ। केही दिनपछि उनी अस्पतालबाट डिस्चार्ज भए।

समाचारकाअनुसार, किशोरको अनुगमन लामो समयसम्म जारी रहनेछ, किनभने पिसाब नलीमा कुनै बाहिरी वस्तु घुसाउँदा भविश्यमा पिसाब गर्दा पीडा हुन सक्छ, रगत आउन सक्छ, यति मात्र होइन, पीडादायी इरेक्शन पनि हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही